एमालेको राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित « Khabarhub

एमालेको राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सुझावसहित सर्वसम्मत पारित गरेको छ ।

आइतबार ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएपछि सर्वसम्मत पारित गरेको हो ।

त्यस्तै विधान महाविधेशनले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव गरेका थिए ।

राष्ट्रिय महाधिवेशन वुटवलमा हुने एमालले जनाएको छ । बैठकले केही समसामायिक प्रस्ताव पनि पारित गरेको छ । बैठकले एमाले फुटाउनका लागि संविधानको अपव्याख्या गर्दै अध्यादेश ल्याएको भन्दै रोष प्रकट गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

त्यस्तै बैठकले भ्रमवस पार्टी विभाजनमा परेका कार्यकर्तालाई मुल पार्टीमा फर्कन पनि आह्वान गरेको छ । वर्तमान सरकारले भूमि सम्बन्धी आयोग खारेज गरेकोमा निन्दा गर्दै भूमिहीनको पक्षमा निरन्तर संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै स्रोत नखुलेको सम्पतीलाई बैधानिकता दिने गरि प्रतिस्थापन विधेयकमार्फत ल्याइएको व्यवस्था सत्तास्वार्थ रहेको भन्दै गलत निर्णय सच्चाउन पनि माग गरेको नेता पन्तले बताए ।

त्यस्तै एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ ।

त्यस्तै एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने एमालेले जनाएको छ । एमाले विधान महाविधेशन शुक्रबारदेखि शुरु भएको थियो । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ५ : ४२ बजे

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका