एमालेको राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित « Khabarhub

एमालेको राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सुझावसहित सर्वसम्मत पारित गरेको छ ।

आइतबार ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएपछि सर्वसम्मत पारित गरेको हो ।

त्यस्तै विधान महाविधेशनले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव गरेका थिए ।

राष्ट्रिय महाधिवेशन वुटवलमा हुने एमालले जनाएको छ । बैठकले केही समसामायिक प्रस्ताव पनि पारित गरेको छ । बैठकले एमाले फुटाउनका लागि संविधानको अपव्याख्या गर्दै अध्यादेश ल्याएको भन्दै रोष प्रकट गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

त्यस्तै बैठकले भ्रमवस पार्टी विभाजनमा परेका कार्यकर्तालाई मुल पार्टीमा फर्कन पनि आह्वान गरेको छ । वर्तमान सरकारले भूमि सम्बन्धी आयोग खारेज गरेकोमा निन्दा गर्दै भूमिहीनको पक्षमा निरन्तर संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै स्रोत नखुलेको सम्पतीलाई बैधानिकता दिने गरि प्रतिस्थापन विधेयकमार्फत ल्याइएको व्यवस्था सत्तास्वार्थ रहेको भन्दै गलत निर्णय सच्चाउन पनि माग गरेको नेता पन्तले बताए ।

त्यस्तै एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ ।

त्यस्तै एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने एमालेले जनाएको छ । एमाले विधान महाविधेशन शुक्रबारदेखि शुरु भएको थियो । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ५ : ४२ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान