मास्क वितरण गर्दै महानिरीक्षक क्षेत्रीले भने : दशैँ सुरक्षित मनाउनुहोला (फोटोफिचर) « Khabarhub

मास्क वितरण गर्दै महानिरीक्षक क्षेत्रीले भने : दशैँ सुरक्षित मनाउनुहोला (फोटोफिचर)


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा काठमाडौं गौशाला चोकमा आइतबार मास्क वितरण गरेका छन् ।

प्रहरी दिवसको अवसरमा ‘तपाइको मास्क खोई कार्यक्रम’ अन्तर्गत उक्त चोकमा स्थानीयवासी, सवारी साधन तथा पैदल ओहोरदोहोर गर्ने महानुभावहरूलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीको साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूले मास्क तथा जनचेतनामूलक पर्चा वितरण गरेका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मास्क वितरण गर्दै प्रहरीको हरेक काम कारबाहीमा आम नागरिकको उपस्थिति नेपाल प्रहरीलाई प्रेरणादायी स्रोतको रुपमा रहेको बताए ।

नेपालीहरूको महान पर्व वडादशैँ र तिहारको पूर्वसन्ध्यामा हार्दिक शुभकामना व्यक्त गर्दै उनले भने, “यो दशैं उल्लास तर सतर्कता सहित, सामिप्यता तर भौतिक दूरी कायम गर्दै मास्क सहित मनाउन अनुरोध गर्दछु ।”

साथै सोही कार्यक्रम अन्तर्गत प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले काठामाडौं सुन्धारा, प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले काठमाडौं बालाजु माछापोखरी चोक, प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले काठमाडौं कलकी चोक, प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले काठमाडौं कोटेश्वर र प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले ललितपुर सातदोबाटो चोकमा मास्क वितरण गरे ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरूको साथै उपस्थित अन्य प्रहरी वरिष्ठ अधिकृतहरु समेतले मास्क वितरण गरेका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ र उपत्यकास्थित सामुदायिक प्रहरी सेवा केन्द्रहरुको समन्वयमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो ।

कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले गत बैशाख ६ गतदेखि ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम संचालन गर्दै आएकोमा आजको कार्यक्रम अन्तर्गत कलंकीमा ५ हजार, ललितपुर सातदोबाटोमा १ हजार ५ सय, सुन्धारामा १ हजार ५ सय, कोटेश्वरमा १ हजार २ सय, गौशालामा २ सय र बालाजुमा ३ सय थान मास्क वितरण गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : ०१ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी