राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश « Khabarhub

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेश गरिन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयको सङ्घर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली महिला आन्दोलनको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गर्दै सबै किसिमका लैङ्गिक विभेद अन्त्य गरी समानतामा आधारित समाज निर्माण गर्नेगरी आयोगले काम गर्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले आयोगलाई आगामी दिनमा अन्य संवैधानिक निकायसँग आवश्यक समन्वय र सहकार्य गरी महिला हक अधिकारको संरक्षण र संवद्र्धन तथा महिला हिंसा नियन्त्रणको क्षेत्रमा थप क्रियाशील भई कार्य गर्न समेत निर्देशन दिइन् ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष पराजुलीले आयोगबाट आव २०७७/७८ मा सम्पादित काम कारबाहीलाई समेटी तयार गरिएको चौधौँ वार्षिक प्रतिवेदनमा समेटिएका मुख्य–मुख्य विषयहरू बारेमा संक्षेपमा प्रकाश पारेकी थिइन् ।

प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा, जया घिमिरे र सावित्रा कुमारी शर्मासहित आयोगका सचिव, उपसचिवलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : १५ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ