रियलमीको फेस्टिभल अफर ‘रियलमी फेस्टिभ डेज’, के के छन् उपहार ? « Khabarhub

रियलमीको फेस्टिभल अफर ‘रियलमी फेस्टिभ डेज’, के के छन् उपहार ?


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको को महान् चाड दशैँ तिहारको अवसरमा ‘रियलमी फेस्टिभ डेज’ अफर घोषणा गरेको छ ।

कम्पनीले असोज १६ गतेदेखि शुरु भई कार्तिक ३० गते सकिने गरी सो अफर योजना ल्याएको हो । यस अफरले रियलमीका नयाँ ग्राहकहरुलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्दैछ ।

यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकहरुले बम्पर पुरस्कार मार्फत कोन्का ६४ फोके टिभी, कोन्का सेभेन केजी फ्रन्ट वासिङ मेसिन वा रियलमी ८ प्राप्त गर्नेछन् ।

साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरुले सि ११ २०२१ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकहरुले कोन्का १८०० वाट भ्याकुम क्लिनर वा कोनका १.८ एल डिलक्स राइस कुकर वा कोन्का १००० वाट आइरन वा कोन्का २:१ सिएच होम थिएटर स्पिकर जित्ने मौका प्राप्त गर्नेछन् ।

सो अफरमा भाग लिनको लागि नयाँ उपभोक्ताहरुले क्युआर कोड स्क्यान अथवा वेबसाइटमा भएको एउटा फारम भरी आफ्नो रियलमी फोनको आइएमई नम्बर राख्नुपर्नेछ ।

यो अफर रियलमीका सबै स्मार्टफोनहरुमा लागू हुनेछ । लक्की ड्र मार्फत दैनिक, साप्ताहिक र बम्पर विजेताहरूको नाम रियलमीको अफिसियल फेसबुक पेज मार्फत जानकारी गराइने छ, । यो अफर नेपालमा बसोबास गर्ने सबै नागरिकहरुको लागि खूल्ला गरिएको हो ।

विश्वमा छैँटौ स्थानमा आफ्नो स्थान ओगटिसकेको रियलमीले नेपाली बजारलाई पनि आफ्नो प्राथमिकतामा बताउँदै आएको छ ।

नेपालीहरुको महान् पर्व मनाउनको लागि रियलमी ले ‘रियलमीसँग चाडपर्वहरुको वास्तविक क्षण मनाउनुहोस्’क्याम्पेन आफ्ना उपभोक्ताहरु सँग खुशी बाड्नको लागि शुरु गरेको हो ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १२ : १९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ