मेघा बैंंक र कास्की महिला उद्यमीबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्म्झौता « Khabarhub

मेघा बैंंक र कास्की महिला उद्यमीबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्म्झौता


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग र महिलाद्वारा सञ्चालित लघु र घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि मेगा बैंकले संघसँग आवद्ध उद्यमी महिलाहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न साना तथा मझौला कर्जा तथा नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्ने जनाइएको छ ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीका अनुसार महिला उद्यमीहरुलाई सहुलियतपूर्ण छिटो छरितो ढङ्गले कर्जा प्रदान गरिनेछ । महिला उद्यमीहरूलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारी साधन तथा घर निर्माण कर्जामा पनि प्राथमिकता दिइने उनको भनाइ छ ।

संघकी अध्यक्ष रेग्मीले मेगा बैंकले महिला उद्यमशील कर्जा प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताइन् ।

प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार मेगा बैंकले कर्जाका साथै महिला उद्यमीहरूलाई वित्तीय साक्षरतामा पनि काम गर्दै आएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ०१ बजे

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट

सुर्खेतमा करिब ३८ हजार ग्यास वितरण, अभाव कायमै

कर्णाली – विगतमा प्रतिमहिनामा २०/२६ हजारले पुग्ने सुर्खेतमा साउनको २०

मधेसमा ९५ प्रतिशत रोपाइँ

जनकपुरधाम – मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको