एमाले महाधिवेशनः विद्युतीय उपकरण प्रयोग गरिने « Khabarhub

एमाले महाधिवेशनः विद्युतीय उपकरण प्रयोग गरिने


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ ।

महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिए । यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ । उनले भने, ‘मतदानपछि प्रिन्ट गर्‍याे भने तीन घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघिनै नतिजा आउँछ ।’

विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले बताउनुभयो । सो पार्टीको केन्द्रीय समिति २२५ सदस्यीय छ । यसमध्ये १५ पदाधिकारी छन् । उनका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सात सचिव रहने व्यवस्था छ ।

महाधिवेशनमा अहिले सम्मका अवस्थामा दुई हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको बाघमारा चौरमा गर्ने तयारी गरिएको छ । महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने पार्टीले जनाइएको छ ।

सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उनको भनाइ छ । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा यहाँ सारिएको हो । महाधिवेशन आगामी मंसिर १० गते देखि १२ गते सम्म हुँदै छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १ : ०० बजे

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त