खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान « Khabarhub

खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघसंस्थाको सहकार्यमा आज थप दुई स्थानमा ट्राफिक बत्ती जडान गरेको हो । महाशाखाले खानी विभाग चोकमा एनसेलसँगको सहकार्य र टुकुचामा काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो ।

खानी विभाग चोकमा जडान गरेको ट्राफिक बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्याल तथा टुकुचामा जडान गरिएको बत्तीको एसएसपी भट्टराई र काठमाडौँ महानगरपालिका–१ का वडा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गरे ।

कार्यक्रममा एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई महाशाखाले प्राथमिकता दिदैँ आएको बताए ।

‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने अभियानमा छौँ, यसका लागि विभिन्न निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आईरहेका छौं’, उनले भने । कार्यक्रममा एनसेलका सुरक्षा प्रमुख अर्यालले एनसेलको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्या, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिँदै ट्राफिक लाइट जडानमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे । कार्यक्रममा काठमाडौँ महानगरपालिका–१ का वडा सदस्य श्रेष्ठले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई सबै तहबाट सहकार्य एवं सहयोग हुनुपर्नेमा जोड दिए । उनले हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा सहज यातायात र दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्ने बताए । महाशाखाको सक्रियतामा हाल उपत्यकाको मुख्य ३८ चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १ : २० बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको