सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ « Khabarhub

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरूले आज बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेका छन् ।

प्रधानन्यायाधीश जबराले तोकेका ९ इजलासमध्ये अधिकांशमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ । अदालतको आधिकारिक वेबसाइटमा बन्दी प्रत्यक्षीकरणको तोकिएका सबै ९ वटै इजलासमा सुनुवाइ जारी छ।

नौमध्ये चार इजलासले रिटमा सुनुवाइ गरेर आदेशसमेत जारी गरेका छन् भने अन्य इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

जबराले दीपक कुमार कार्की र प्रकाश कुमार ढुंगाना, मीरा खड्का र सुष्मालता माथेमा, विश्वम्भर प्रसाद श्रेष्ठ र टंक बहादुर मोक्तान, सपना प्रधान मल्ल र बम कुमार श्रेष्ठ तथा कुमार चुडाल, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार चुडालको एकल इजलास तोकेका छन् ।

बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरे पनि न्यायाधीशहरुले  जबराले राजीनामा नदिएसम्म अन्य मुद्दा नहेर्ने अडान राख्दै आएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १ : १० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका