सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ « Khabarhub

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरूले आज बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेका छन् ।

प्रधानन्यायाधीश जबराले तोकेका ९ इजलासमध्ये अधिकांशमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ । अदालतको आधिकारिक वेबसाइटमा बन्दी प्रत्यक्षीकरणको तोकिएका सबै ९ वटै इजलासमा सुनुवाइ जारी छ।

नौमध्ये चार इजलासले रिटमा सुनुवाइ गरेर आदेशसमेत जारी गरेका छन् भने अन्य इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

जबराले दीपक कुमार कार्की र प्रकाश कुमार ढुंगाना, मीरा खड्का र सुष्मालता माथेमा, विश्वम्भर प्रसाद श्रेष्ठ र टंक बहादुर मोक्तान, सपना प्रधान मल्ल र बम कुमार श्रेष्ठ तथा कुमार चुडाल, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार चुडालको एकल इजलास तोकेका छन् ।

बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरे पनि न्यायाधीशहरुले  जबराले राजीनामा नदिएसम्म अन्य मुद्दा नहेर्ने अडान राख्दै आएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १ : १० बजे

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी

ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ– अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न

कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको सुरु हुँदैछ

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

दाङ– थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन