टाटा मोटर्सको पीभी बिक्रीको अधिक रेकर्ड, बजार हिस्सेदारी १३.७ प्रतिशत « Khabarhub

टाटा मोटर्सको पीभी बिक्रीको अधिक रेकर्ड, बजार हिस्सेदारी १३.७ प्रतिशत


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सले टाटालाई आफ्नो यात्राको सहयात्री बनाउन ग्राहकहरूलाई आग्रह गर्दै केही नयाँ उपलव्धिहरू बारे जानकारी गराएको छ ।

टाटा मोटर्सले यही अक्टोबर, २०२१ मा ३३,९२६ युनिट्सको सञ्चयी घरेलु ट्यालीमा नयाँ उपलब्धि हासिल गरेको जनाएको छ । गत वर्ष यही अवधिमा २३,६०० युनिट्सको तुलनामा हरेक वर्ष ४४ प्रतिशतले वृद्धि भएको थियो । सेप्टेम्बर, २०२१ को तुलनामा २५,७२७ युनिट्ससहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि हासिल गर्‍यो ।

एक दशकभन्दा बढी समय ब्रान्डका लागि कामका गर्दा सन् २०२० को यही अवधिमा सबैभन्दा धेरै ७.४ प्रतिशत हासिल गरेको थियो । त्यसमा पनि अहिले ६.४ प्रतिशतको वृद्धि थपेर घरेलु निर्माताले गत महिना १३.७ प्रतिशत बजार हिस्सेदारी लिएको जनाइएको छ । टाटाका लागि यो निकै महत्वपूर्ण आँकडा हो ।

भारतीय अटोमोटिभ उद्योगमा आएको समस्याका बाबजुद पनि टाटाले वर्तमानमा लगातार ३ अंकको बिक्री–वृद्धि हासिले गरेको जनाइएको छ । गत महिना सबै कार निर्माताहरूबीच ६.४ प्रतिशतको बजार हिस्सेदारी वृद्धि गर्दै मारुती, सुजुकी र हुन्डाईपछि टाटा समग्र बिक्री तालिकामा तेस्रो स्थानमा रह्यो ।

टाटाले केही हप्तापहिले बजेट–मैत्री पन्च माइक्रो एसयुभी ल्याएको छ । यसले मासिक बिक्री–चार्टमा लामो समयसम्म दोस्रो स्थानमा रहेको हुन्डाईसँगको बिक्री अन्तरलाई घटाउन मद्दत गर्ने अपेक्षा गरेको टाटा मोटर्सले जनाएको छ ।

टाटा मोटर्सका अनुसार पन्च अहिले सुरक्षा रेटिङमा फाइभ–स्टार ग्लोबल एनक्याप प्राप्त सबैभन्दा किफायती कार हो । यो १.२ लिटर थ्री–सिलिन्डर रेभोट्रोन इन्जिनद्वारा सञ्चालित छ । यसले ८६ पीएस म्याक्सिमम पावर र ११३ एनएम पीक टर्क दिन्छ ।

यसमा स्ट्यान्डर्डका रूपमा फाइभ स्पीड म्यानुअल ट्रान्समिसन र विकल्पका रूपमा फाइभ स्पीड एमटी पनि छ ।

अल्ट्रोज, नेक्सन र टियागोले पनि आजका दिनमा ब्रान्डका लागि लगातार बिक्री बढाउँदै नयाँ रेकर्ड कायम गर्दैछ । यस वर्षको सुरु टाटाले थ्री–रो सफारी लन्च गर्‍यो । यसमा डार्क एडिसनका कारण लाइनअपमा चमक थपिएको पनि छ ।

नेक्सन–ईभी आज भारतमा सबैभन्दा अधिक बिक्री हुने त्यस्तो प्यासेन्जर–कार हो । यसले शून्य उत्सर्जन गर्ने टाटा मोटर्सले जनाएको छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  २ : ३८ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान