टाटा मोटर्सको पीभी बिक्रीको अधिक रेकर्ड, बजार हिस्सेदारी १३.७ प्रतिशत « Khabarhub

टाटा मोटर्सको पीभी बिक्रीको अधिक रेकर्ड, बजार हिस्सेदारी १३.७ प्रतिशत


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सले टाटालाई आफ्नो यात्राको सहयात्री बनाउन ग्राहकहरूलाई आग्रह गर्दै केही नयाँ उपलव्धिहरू बारे जानकारी गराएको छ ।

टाटा मोटर्सले यही अक्टोबर, २०२१ मा ३३,९२६ युनिट्सको सञ्चयी घरेलु ट्यालीमा नयाँ उपलब्धि हासिल गरेको जनाएको छ । गत वर्ष यही अवधिमा २३,६०० युनिट्सको तुलनामा हरेक वर्ष ४४ प्रतिशतले वृद्धि भएको थियो । सेप्टेम्बर, २०२१ को तुलनामा २५,७२७ युनिट्ससहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि हासिल गर्‍यो ।

एक दशकभन्दा बढी समय ब्रान्डका लागि कामका गर्दा सन् २०२० को यही अवधिमा सबैभन्दा धेरै ७.४ प्रतिशत हासिल गरेको थियो । त्यसमा पनि अहिले ६.४ प्रतिशतको वृद्धि थपेर घरेलु निर्माताले गत महिना १३.७ प्रतिशत बजार हिस्सेदारी लिएको जनाइएको छ । टाटाका लागि यो निकै महत्वपूर्ण आँकडा हो ।

भारतीय अटोमोटिभ उद्योगमा आएको समस्याका बाबजुद पनि टाटाले वर्तमानमा लगातार ३ अंकको बिक्री–वृद्धि हासिले गरेको जनाइएको छ । गत महिना सबै कार निर्माताहरूबीच ६.४ प्रतिशतको बजार हिस्सेदारी वृद्धि गर्दै मारुती, सुजुकी र हुन्डाईपछि टाटा समग्र बिक्री तालिकामा तेस्रो स्थानमा रह्यो ।

टाटाले केही हप्तापहिले बजेट–मैत्री पन्च माइक्रो एसयुभी ल्याएको छ । यसले मासिक बिक्री–चार्टमा लामो समयसम्म दोस्रो स्थानमा रहेको हुन्डाईसँगको बिक्री अन्तरलाई घटाउन मद्दत गर्ने अपेक्षा गरेको टाटा मोटर्सले जनाएको छ ।

टाटा मोटर्सका अनुसार पन्च अहिले सुरक्षा रेटिङमा फाइभ–स्टार ग्लोबल एनक्याप प्राप्त सबैभन्दा किफायती कार हो । यो १.२ लिटर थ्री–सिलिन्डर रेभोट्रोन इन्जिनद्वारा सञ्चालित छ । यसले ८६ पीएस म्याक्सिमम पावर र ११३ एनएम पीक टर्क दिन्छ ।

यसमा स्ट्यान्डर्डका रूपमा फाइभ स्पीड म्यानुअल ट्रान्समिसन र विकल्पका रूपमा फाइभ स्पीड एमटी पनि छ ।

अल्ट्रोज, नेक्सन र टियागोले पनि आजका दिनमा ब्रान्डका लागि लगातार बिक्री बढाउँदै नयाँ रेकर्ड कायम गर्दैछ । यस वर्षको सुरु टाटाले थ्री–रो सफारी लन्च गर्‍यो । यसमा डार्क एडिसनका कारण लाइनअपमा चमक थपिएको पनि छ ।

नेक्सन–ईभी आज भारतमा सबैभन्दा अधिक बिक्री हुने त्यस्तो प्यासेन्जर–कार हो । यसले शून्य उत्सर्जन गर्ने टाटा मोटर्सले जनाएको छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  २ : ३८ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती