राणा कार्यपालिकामा भाग माग्ने व्यक्ति हुन्, तत्काल राजीनामा दिनुपर्छ : शेखर कोइराला « Khabarhub

राणा कार्यपालिकामा भाग माग्ने व्यक्ति हुन्, तत्काल राजीनामा दिनुपर्छ : शेखर कोइराला


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले राणाले तोकेको इजलास स्वीकार गर्दै राजीनामा मागिरहेका छन् भने नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेको छ ।

यस्तो अवस्थामा सत्तारुढ दलका प्रभावशाली नेता कोइरालाले राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् । बुधबार बुटवलमा गुल्मी–रुपन्देही सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य डा कोइरालाले राणा कार्यपालिकामा भाग माग्ने व्यक्ति भएको भन्दै उनले राजीनामा दिनुपर्ने बताए ।

कोइरालाले राणालाई कार्यपालिकामा भागबण्डा गर्न दिने पक्ष पनि उत्तिकै दोषी भएको बताए । ‘जबरा कार्यपालिकामा भागबण्डा खोज्ने व्यक्ति हुन् । यसमा भाग लिने पक्ष मात्रै हैन भाग दिने पक्ष पनि उत्तीकै दोषी छ ।’

न्यायालयमा अहिले संकट आएको बेला कांग्रेस चुप लाग्न नमिल्ने उनको भनाइ छ । यो विषयमा कांग्रेसले बोल्नुपर्ने उनले बताए । उनले भने, ‘काँग्रेसले यसमा बोल्नु पर्दैन ?, के हामी काँग्रेस भएकै कारण चुप लागेर बसेका हौ ?’

पार्टी महाधिवेशनको प्रसंगमा बोल्दै डा. कोइराालले सभापति शेरबहादुर देउवाले महाधिवेशन आफू अनुकुल बनाउनु ब्यूरोक्रेट्सको प्रयोग गरिरहेको दाबी गरे । उनले महाधिवेशन तोकिएको समयमा निष्पक्ष रुपबाट हुनुपर्ने बताए ।

अर्को प्रसंगमा बोल्दै डा. कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने बताए । उनले कांग्रेस एक्लै चुनावमा जानुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : ४८ बजे

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि