कांग्रेस प्रदेश अधिवेशन : सबै प्रदेशमा उममेदवारको मनोनयन आज, भोलि मतदान « Khabarhub

कांग्रेस प्रदेश अधिवेशन : सबै प्रदेशमा उममेदवारको मनोनयन आज, भोलि मतदान


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उममेदवारको मनोनयन दर्ता हुँदैछ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको छ । आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ भने भोलि शनिबार मतदान हुनेछ ।

१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गरेका थिए । तर, प्रदेश नम्बर १ मा उद्घाटन सत्र हुन सकेन। प्रदेश १ मा आज बिहान उद्घाटन सत्र हुँदैछ । त्यहाँ पनि आज नै उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ ।

मुलुक संघीयता गएपछि कांग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको हो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ०७ बजे

भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–छेकम्पार चौरीखर्क क्षेत्रमा ठूलो पहिरो खस्दा बूढीगण्डकी

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल