महिलामाथिको प्रतिबन्धले अफगानिस्तानलाई १ अर्ब डलर घाटा : राष्ट्रसंघ « Khabarhub

महिलामाथिको प्रतिबन्धले अफगानिस्तानलाई १ अर्ब डलर घाटा : राष्ट्रसंघ


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – अफगानिस्तानमा तालवानले यही अगस्टमा सत्तापलट गरेसँगै महिलाहरुलाई यसअघि गर्दै आएको काम गर्न प्रतिबन्ध लगाउदै आएको छ ।

उक्त प्रतिबन्ध तालिवानकै लागि प्रत्युत्पादक साबित हुने देखिएको छ । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले एक प्रतिवेदन सार्वजनिक गर्दै महिलामाथि प्रतिबन्ध लगाएकै कारण अफगान अर्थतन्त्रमा १ अर्ब अमेरिकी डलरबराबरको नोक्सान भएको छ ।

अफगानिस्तानको कूल ग्राहस्थ उत्पादन सन् २०२० मा २० अर्ब डलर भएकोमा यो वर्ष १६ अर्ब डलरमा खुम्चिने यूएनडीपीले त्यहाँको आर्थिक तथा सामाजिक अवस्थाबारे सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ । अहिलेकै अवस्था रहे वा कुनै सुधारका कदम नचालिएमा यो दर आगामी वर्ष ३० प्रतिशतले घट्ने अर्थात कूल ग्राहस्थ उत्पादन जम्मा १४ अर्ब डलरमा खुम्चिने पनि राष्ट्रसंघले प्रक्षेण गरेको छ ।

राष्ट्रसंघका अनुसार अफगानिस्तानको प्रतिव्यक्ति आय सन् २०१२ मा ६५० डलर रहेकोमा सन् २०२० मा घटेर ५०० डलर पुगेको थियो । अफगानिस्तानले आर्थिक संकट सामना गरिरहे आगामी वर्ष उसको प्रतिव्यक्ति आय ३५० डलरमा झर्ने राष्ट्रसंले प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ०९ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि