जहाँ जीवनको पीडाले मृत्यु नै रोजाइ बन्न थाल्यो | Khabarhub Khabarhub

जहाँ जीवनको पीडाले मृत्यु नै रोजाइ बन्न थाल्यो


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक युवती रोइ रहेकी थिइन् । उनी आफू र सन्तानलाई मार्न चिकित्सकसँग हार गुहार गरिरहेकी थिइन् ।

अफगानिस्तानको एक अस्पतालमा बर्थिङ सेन्टरमा कार्यरत डा. नुरी, शल्यक्रियामार्फत बच्चालाई जन्म दिने तयारीमा थिइन् । डा. नुरीकै अनुसार ती महिला आफू कसरी जिउँदो रहने भनेर अत्यासमा थिइन् ।

‘यस अवस्थामा म कसरी अर्को मानिसलाई जन्म दिन सक्छु ?’ ती आमा रुँदै भन्दै थिइन् ।

डा. नुरीको वार्डकी ती महिला यत्ति धेरै कुपोषणले ग्रसित थिइन् कि बच्चालाई पिलाउन पर्याप्त दूध पनि आइरहेको थिएन ।

वार्डहरू खचाखच भरिएका छन् । जत्ति सफा राख्न खोजे पनि रगतले भित्ता लतपतिएका छन् । वार्डका दृश्य देख्दा जो कोहीको मन काँप्छ । तलब नपाएकाले धेरै सफाइ कर्मचारीले गत महिना नै अस्पतालबाट जागिर छाडे । यसबीच मेटरनीटी वार्डको भिड यसरी बढेको छ, एकै शय्यामा धेरै जनालाई राख्नु पर्ने बाध्यता छ ।

नजिकैका प्राइभेट क्लिनिक धमाधम बन्द हुँदैछन् । अफगानिस्तानकै यस प्रबुद्ध अस्पताल अहिले आफ्नो क्षमताभन्दा बढी बोझ थामेर बसेको छ ।

संसारका जुनसुकै मेटरनीटी वार्ड खुसीका केन्द्र मानिन्छन् । प्रसूति विशेषज्ञ नुरीको कार्यक्षेत्र भने ठीक उल्टो छ ।
अफगानिस्तानमा प्रसूति गृहको अवस्था विश्वका अरु देशको भन्दा उल्टो भएको भन्दै डा. नुरी यहाँको अवस्था नर्क जस्तै भएको बताउँछिन् ।

सेप्टेम्बर महिनामा उनकै आँखा अघि भर्खर जन्मिएका बच्चाको कुपोषणकै कारण ज्यान गएको थियो ।

अफगानिस्तान वर्षौँदेखिको लडाइ र गृहयुद्धको चपेटामा छ । तालिवानले सत्ता लिएपछि त्यहाँको अर्थतन्त्र झन ध्वस्त भएको छ । अन्तर्राष्ट्रिय सहयोग बन्द भएपछि त्यहाँको अर्थतन्त्र झनझन ध्वस्त बन्दै गयो । गत अगस्टदेखि त्यहाँको स्वास्थ्य संयन्त्र पनि तहसनहस बनेको छ ।

महिला र बालिका माथिको कठोर कानून, मानव अधिकारको अवज्ञा र विभेदकारी सारिया कानूनले पश्चिमा देशहरूले अहिले सहयोग रोकेका छन् ।

राष्ट्र सङ्घको पछिल्लो तथ्याङ्क अनुसार अफगानिस्तान अहिले भोकमरीको ठुलो समस्या भोगिरहेको छ । यो जाडोमा महिनामा १ करोड ४० लाख बालबालिका कुपोषणको सिकार हुने अनुमान छ ।

कुपोषण र रोगग्रस्त बिरामीहरूको उपचार गर्ने संयन्त्र नै अहिले ध्वस्त छ । अहिलेसम्म २ हजार ३ सय स्वास्थ्य निकाय बन्द भईसकेका छन् । ग्रामीण क्षेत्रमा औषधी अभाव भएको छ । कत्तिसम्म भने सिटामोलको अभावले सामान्य ज्वरोको उपचारका लागि पनि मानिसहरू १२ घण्टा कुर्नु परेको अवस्था छ ।

कुपोषणका कारण राजधानी काबुलका अस्पतालको चाप १५० प्रतिशत बढेको छ । एक अस्पतालका निर्देशक डा. सिद्धीकी अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले सेप्टेम्बर महिनादेखि नै अत्यन्त खराब अवस्था रहेको बताउँछन् ।

कुपोषणबाट अस्पतालमा सातामा १० वर्ष मुनीका चार जना बच्चाको ज्यान जाने गरेको छ । खराब खानाले हुने फूड पोइजनिङबाट पनि बच्चाको ज्यान जाने गरेको छ ।

अहिले लागुऔषधको उपचार गराउनेका लागि आवासको पनि व्यवस्था छैन । कोही पुल मुनी त कोही ढलको छेउछाउ लडी रहेका हुन्छन् । यी दृश्य पनि हृदयविदारकनै छन् । तालिवान सरकारका स्वास्थ्य मन्त्री डा. कालन्दर इबादले नोभेम्बरमा नै अन्तर्राष्ट्रिय सहयोगका लागि पहल भई रहेको बताएका थिए । तर, अहिलेसम्म धेरै अन्तर्राष्ट्रिय निकायले अफगानिस्तानको यो अवस्था बारे चासो दिएका छैनन् ।

पाँच वर्षभन्दा कम उमेरका धेरै बच्चा अस्पताल लैजान ढिला हुँदा ज्यान गुमाइ रहेका छन् । सिद्धिकीकै अनुसार धेरै बच्चाहरू अस्पताल पुग्दा ज्यान गई सकेको हुन्छ । उनीहरूलाई सहयोग गर्न थोरै मात्र स्रोत छ ।

त्यो अस्पतालमा पनि औषधी र खाद्यान्नको त अभाव छँदैछ, साथै जाडो महिनामा तातो बनाउने समस्या पनि थपिएको छ । तातो बनाउन कुनै इन्धन नभएकाले सिद्धिकीको योजना भनेकै कर्मचारी कटौती गर्ने र बचेको पैसाले दाउरा खरिद गर्ने हो । यो काठ सकिएपछि अर्को महिना के गर्ने भन्ने चिन्ताले उनलाई अहिले नै पिरोल्न थालेको छ ।

नुरी कार्यरत अस्पतालमा समय समयमा बिजुली बन्द हुने गरेकाले ठूलो समस्या उत्पन्न भएको छ । बच्चालाई तातो दिईरहेको इक्युबेटर बन्द भएकाले केही बच्चाको ज्यान पनि गई सकको छ । आफ्नै अगाडी बच्चाको ज्यान गएको हृदय विदारक दृश्य डा. नुरीले बारम्बार देख्नु परेको छ ।

पटकपटक बत्ती जाने समस्याले शल्यक्रियामा पनि कठिनाइ उत्पन्न भएको छ । धेरै पटक शल्यक्रियालाई बिचमा रोकेर बत्ती कुर्नु पनि परेको छ ।

एक पटक इमर्जेन्सी अपरेसन गर्न थ्रेटरमा प्रवेश गरे लगत्तै बत्ती जाँदा उनी कराउँदै अस्पतालबाट बाहिर निस्किएकी थिइन् । कारमा रहेका एक जनाले उनलाई पेट्रोल उपलब्ध गराएका थिए । सोही पेट्रोलले जेनरेटर चलाएर उनले अपरेसन गरेकी थिइन् । बत्ती जाने डरले उनले अपरेसन पनि हतार हतार गर्ने गरेकी छन् ।

यो दबाब र तनाव त छँदैछ । यसमा स्वास्थ्यकर्मीले नियमित तलब पाउन छाडेका छन् । थुप्रै स्वास्थ्यकर्मी अहिले दोसाँधमा छन् । मानवताको आँखाले यस अवस्थामा अस्पतालको दुर्दशालाई कसरी छाडेर जाने ? अर्कोतर्फ विना पारिश्रमिक कत्ति समय काम गर्ने ? यही सोचले उनीहरू चिन्तित छन् । धेरैले काम छाडेका पनि छन् ।

कोभिड बिरामीको उपचारमा विशेषज्ञता हासिल गरेकी हेरात प्रान्तमा कार्यरत चिकित्सक डा. रहमानी तालिवानले सत्ता लिए पछि ३० अक्टोबरका दिन अर्को व्यवस्था नभएसम्म पारिश्रमिक नपाए पनि काम गर्न सरकारकाले पत्राचार गरेको बताउँछन् ।

यसै मंगलवार उनले अस्पताल बन्द हुने निर्णय भएको थाहा पाए । त्यहाँ कसैको सहयोग नभए अस्पताल बाहिर स्ट्रेचरमा बिरामी निकालिएको दृश्य देखिन्छ ।

डा. नुरी अहिले नै पिउने पानीको अभाव र अस्पतालको चिसो समस्या भएको बताउँछिन् । खराब मौसमले भारत र पाकिस्तानबाट सामान ल्याउन पनि कठिनाइ छ । जब कुनै महिला आफ्नो बच्चासहित अस्पतालबाट बाहिर निस्कन्छिन्, नुरी ती महिलाको बारे सोच मग्न हुने गर्छिन् ।

योसँगै अर्को अस्पताल पनि छ । त्यस अस्पतालमा लागुऔषध कारोबारीको उपचार गर्ने गरिन्छ । हिरोइन र ओपीयम लगायत लागुऔषधको सेवनकर्तालाई परफेक्ट उपचार नभए फेरि कुलतमा फर्कने सम्भावना हुन्छ ।

थुप्रै बिरामीलाई शय्यामा चेनले बाँध्नु पर्ने हुन्छ । असामान्य अवस्थाका उनीहरूको उपचार अहिले अत्यन्त कठिन भई रहेको अस्पतालका निर्देशक डा. नाउराज बताउँछन् । उनकै विचारमा परफेक्ट उपचार नभए झ्यालखानामा राखे बराबर मात्र हुनेछ ।

अहिले लागुऔषधको उपचार गराउनेका लागि आवासको पनि व्यवस्था छैन । कोही पुल मुनी त कोही ढलको छेउछाउ लडी रहेका हुन्छन् । यी दृश्य पनि हृदयविदारकनै छन् । तालिवान सरकारका स्वास्थ्य मन्त्री डा. कालन्दर इबादले नोभेम्बरमा नै अन्तर्राष्ट्रिय सहयोगका लागि पहल भई रहेको बताएका थिए । तर, अहिलेसम्म धेरै अन्तर्राष्ट्रिय निकायले अफगानिस्तानको यो अवस्था बारे चासो दिएका छैनन् ।

तालिवान सरकार रहेसम्म सहयोग गरे पनि यसको सही सदुपयोग हुने कुरामा अन्तर्राष्ट्रिय निकाय सशंकित छ । १० नोभेम्बरमा राष्ट्र सङ्घले १५ मिलियन अमेरिकी डलर उपलब्ध गराएको थियो । यसमध्ये स्वास्थ्यकर्मीलाई बाँकी रहेको तलब उपलब्ध गराउन मात्र ८ मिलियन डलर खर्च भएको थियो । अन्य अन्तर्राष्ट्रिय निकायबाट सहयोगको आशा भए पनि समय बितेसँगै अफगानिस्तानको समस्या विकराल बन्दै गएको छ ।

डा. नुरी अहिले नै पिउने पानीको अभाव र अस्पतालको चिसो समस्या भएको बताउँछिन् । खराब मौसमले भारत र पाकिस्तानबाट सामान ल्याउन पनि कठिनाइ छ । जब कुनै महिला आफ्नो बच्चासहित अस्पतालबाट बाहिर निस्कन्छिन्, नुरी ती महिलाको बारे सोच मग्न हुने गर्छिन् ।

‘खल्तीमा कुनै पैसा नभएको र घरमा खाद्यान्न नभएको अवस्थामा ती महिलाले आफू कसरी बाच्ने ? बच्चालाई कसरी स्याहार्ने हुन् ?’ भन्ने चिन्ताले डा. नुरीलाई सताउँछ । त्यसो त नुरीको आफ्नै परिवारलाई समेत अहिले आर्थिक समस्याले गाँज्दै आएको छ ।

डा. नुरी आफूले बचत गरेको रकम लगभग सकिएकाले आफ्नै जीवन समस्यामा परेको बताउँछिन् ।

उनी प्रत्येक दिन बिहान उठेर सोच्ने गर्छिन्, ‘म किन यहाँ आइ रहेको छु ? मैले के पाइ रहेको छु ?’ यसका बाबजुद उनी राम्रो भविष्य प्रति आशावादी छिन् ।

नारकीय जीवन भोगिरहेका अफगानीलाई भविष्यको आशा गर्नु बाहेक वर्तमान भने त्रासदीय दुर्दशाकाबीच बितिरहेको छ ।

-विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : २५ बजे

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे