खोप नलगाउनेका लागि जर्मनीमा देशव्यापी लकडाउन | Khabarhub Khabarhub

खोप नलगाउनेका लागि जर्मनीमा देशव्यापी लकडाउन


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्लिन – जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । साथै, खोप नलगाएका व्यक्तिलाई अनिवार्य खोप लगाउन पनि आह्वान गरेको छ ।

नयाँ नियमअनुसार खोप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएको छ । कोभिडबाट हालै निको भएका व्यक्तिलाई भने तत्कालका लागि यो प्रतिबन्ध लागू नहुने भएको छ । त्यस्तै, संसदबाट कानुन बनाएर नै खोपलाई अनिवार्य बनाइने भएको छ ।

सरकारको घोषाणासँगै खोप नलगाएका व्यक्तिले अर्को घरमा गएर दुई जनालाई मात्र भेट्न पाउनेछन् । बढी कोभिड संक्रमित भएका स्थानका बार तथा नाइट क्लब बन्द रहनेछन् । त्यस्तै, फुटबल खेल हेर्ने दर्शकको संख्या सीमित गरिने छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोप फेरि कोभिडको नयाँ केन्द्रविन्दु बन्न थालेको छ । युरोपका अधिकांश देशहरुले नयाँ भेरियन्ट रोक्न विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् ।

‘हामीलाई थाहा छ की अवस्था निकै गम्भीर छ । कोभिड नियन्त्रणका लागि सरकारले चालेका कदम पालना गर्न सर्वसाधारणलाई आह्वान गर्छु’, जर्मन चान्सलर एंगिला मर्केलले भनिन्, ‘जर्मनमा कोभिडको चौथो लहर आउने अनुमान गरिएको छ । जर्मनीलाई कोभिडको चौथो लहरबाट जोगाउन बेलैमा सावधानी अप्नाउनुपर्छ,’ उनले भनिन् ।

सरकारले आगामी फेब्रुवरीदेखि देशव्यापी अनिवार्य खोप अभियान सञ्चालन गर्ने भएको छ । अन्तिम पटक खोप लगाएको नौ महिनापछि खोप लगाएका व्यक्तिको पहिचान हराउने भएकोले उनीहरुलाई बुस्टर डोज आवश्यक भएको चान्सलर मर्केलले बताइन् ।

युरोपेली मुलुक अस्ट्रियमा पनि जनबरीदेखि खोप अनिवार्य गरिएको छ । त्यस्तै ग्रीसमा पनि ६० वर्षमाथिका सबैलाइ बुस्टर डोज अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : २४ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका