प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन्, कर्णालीमा निधीका पनि उम्मेदवार | Khabarhub Khabarhub

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन्, कर्णालीमा निधीका पनि उम्मेदवार


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो । शुक्रबार उम्मेदवारी दर्ता गर्ने र शनिबार मतदान गर्ने कार्यतालिका छ । सबै प्रदेशमा प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको छ ।

६ वटै प्रदेशमा देउवा समूह र पौडेल समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । तेस्रो धारका रुपमा रहेको सिटौला समूह वागमती प्रदेशबाहेकका प्रदेशमा देउवा समूहसँग मिलेको छ । वागमतीमा सिटौला समूहका भिमसेनादास प्रधान पनि उम्मेदवार बनेका छन् ।

कर्णाली प्रदेशमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । कर्णालीमा उपसभापति विमलेन्द्र निधी निकट मोतीराज बम पनि उम्मेदवार बनेका छन् ।

कांग्रेस वागमती प्रदेश सभापतिका लागि तीनजनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा संस्थापन पक्ष शेरबहादुर देउवा समूहबाट इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् । बानियाँ नेपाली कांग्रेसका बाग्मती प्रदेश संसदीय दलका नेतासमेत हुन् । संस्थापन पक्षबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का उम्मेद्वार रहेका छन् ।

पौडेल–कोइराला समूहबाट जगदीश्वरनरसिंह केसीले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । संस्थापन इतर पक्षबाट उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल, कचनचन्द्र बादे उम्मेदवार बन्ने भएका छन् । सहमहामन्त्रीमा जीवन डंगोल, दिलबहादुर तामाङ र ऋषिराम घिमिरे उम्मेदवार बन्ने भएका छन् ।

सिटौला समूहबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै कर्णाली प्रदेश कार्यसमितिको सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ ।

सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवा पक्षबाट ललितजंग शाही, निधी पक्षबाट मोतीराज बम र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीले प्रदेश सभापतिमा मनोनयन दर्ता गरेका छन् । ललितजंग जुम्ला, मोतीराज र शाही कालीकोटका हुन् ।

यस्तै, प्रदेश महामन्त्री पदमा भने देउवा पक्षबाट निरञ्जन केसी र पौडेल पक्षबाट कृष्ण विसीले उम्मेद्वारी दर्ता गराएका छन् । सुर्खेतका केसी तरुण दलका पूर्वकेन्द्रीय उपाध्यक्ष र विसी दैलेखका निवर्तमान पार्टी सभापति हुन् ।

सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको मात्र उम्मेदवारी परेको छ ।

सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट नरनारायण शाहले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, उनी बलायरको प्यानलबाट महामन्त्रीमा बस्न राजी भएका छन् ।

दुई मात्र उम्मेदवार भएकाले सभापतिको निर्वाचनमा अब एकै चरणमा नतिजा आउने भएको छ ।

उता प्रदेश १ मा सिटौला–देउवा प्यानलबाट उद्धव थापा सभापतिको उम्मेदवार बनेका छन् भने पौडेल समूहबाट गुरुराज घिमिरे उम्मेदवार बनेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा देउवा समूहबाट भरत शाह र पौडेल समूहबाट अमरसिंह पुन सभापतिको उम्मेदवार बनेका छन् । यस्तै गण्डकी प्रदेशमा देउवा समूहबाट अर्जुन जोशी र पौडेल समूहबाट शुक्रराज जोशी उम्मेदवार बनेका छन् ।

प्रदेश १, वागमती र गण्डकीमा पौडेल समूह बलियो देखिएको छ भने सुदूरपश्चिममा देउवा समूह बलियो छ । गण्डकी र कर्णालीमा दुबै समूहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ५ : १८ बजे

सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नु नर्सिङ सङ्घको माग

काठमाडौं- नेपाल नर्सिङ सङ्घले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग

समयमै निर्वाचन र जेनजीका माग सम्बोधन हुने गरी संविधान संशोधन जरुरी : संयोजक प्रचण्ड

महेन्द्रनगर (धनुषा)- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल

जेन-जी आन्दोलनमा यसरी ध्वस्त पारियो कलंकी मालपोत

काठमाडौं- भदौ २३ गते १३ देखि २७ वर्ष उमेर समूहका

प्रधानमन्त्रीलाई भेटेर कलाकारहरूले भने- देश सम्हाल्न आएकी आमालाई हामी साथ दिन्छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई देशका नौ जना चर्चित कलाकारहरूले बुधबार

‘लुसिफर’को आरोप खेपिरहेका बालेनको प्रश्न : अरूलाई दोष दिन नेताहरूलाई लाज लाग्दैन ?

काठमाडौं- जेन-जी आन्दोलनका बेला सिंहदरबार र संसद् भवन जोगाउन दमकल