ढकालको नेतृत्वमा दमक चेम्वर अफ कमर्स गठन « Khabarhub

ढकालको नेतृत्वमा दमक चेम्वर अफ कमर्स गठन


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्वर अफ कमर्सको भगिनी संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डेलगायत केन्द्रीय पदाधिकारीको उपस्थितिमा राजेन्द्र प्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो ।

चेम्वर अफ कमर्सको पहिलो साधरणसभाबाट अध्यक्षमा ढकाल, उपाध्यक्षमा अजय अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा चन्द्रमायाँ निरौला, कोषाध्यक्ष सन्दिप साहेवाला निर्विरोध निर्वाचित हुनुभएको भएका छन् । सदस्यहरुमा यमपाठक, मैयादेवी आचार्य, नबिन सेँडाई, शम्भुप्रसाद खतिवडा, राजकुमार गुप्ता र खेमनाथ सापकोटा निर्वाचित भए ।

पहिलो साधरणसभालाई उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर मुखी अर्थतन्त्र बनाउने चेम्बरको अभियानमा सहयोग गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे । बाँझो जमिनको अधिकतम सदुपयोग गरेर उत्पादन वृद्धि र बजारीकरणमा जिल्ला कार्यसमितिले महत्वपुर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ ।

अध्यक्ष मल्लले भने, ‘अहिले पनि ३० प्रतिशत बाँझो जमिन छ सरकारले बजेटमा पनि जनिम बाँझो नराख्ने भनेर भनिरहेको छ । स्थानीय प्रशासनसंग सहकार्य गरी कृषि उपजको उत्पादन र बजारीकरणमा धेरै काम गर्न सकिन्छ यसका लागि चेम्वर स्थानीय व्यवसायीसँग सहकार्य गर्न तयार छ ।’ मुलुकमा कृषिको आधुनिकीकरण र प्रविधिमा लगानी भित्र्याएर तिव्र आर्थिक विकास गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक रहेको भन्दै अध्यक्ष मल्लले पूँजिगत खर्च बढ्ने हो भने तरलता अभाव नहुने बताए । केन्द्र र स्थानीय तहमा खर्च हुन नसकेको रकम वाणिज्य वैंकहरुमा स्थानान्तरण गर्दिने हो भने पनि तरलता सिर्जना हुने अध्यक्ष मल्लले बताए । एकल अंकमा व्याजदर कायम गर्ने र सिडी रेसियोलाई ९५ प्रतिशत पु¥याउनुपर्ने उनको भनाइ छ ।

नवनिर्वाचित अध्यक्ष ढकालले स्थानीय आर्थिक श्रोतको पहिचान, उत्पादकत्व वृद्धि तथा बजारीकरणका लागि आफ्नो कार्यसमितिले काम गर्ने प्रतिवद्धता जनाए । दमक कार्यसमिति गठन भएसँगै नेपाल चेम्बर अफ कमर्सको नगर जिल्ला कार्यसमितिको संख्या १ सय १० पुगेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ०० बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई