कांग्रेस प्रदेश २ अधिवेशनमा देउवा र निधि समूह चुनावी प्रतिस्पर्धामा « Khabarhub

कांग्रेस प्रदेश २ अधिवेशनमा देउवा र निधि समूह चुनावी प्रतिस्पर्धामा


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेसको प्रदेश २ को प्रथम अधिवेशनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधि समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।अहिलेसम्म रामचन्द्र पौडल, शशांक कोइलालगायतका समूहबाट औपचारिक रूपमा उम्मेदवारी घोषणा भएको छैन ।

केही दिनअघि उपसभापति निधि समूहबाट प्रदेश सभापतिमा प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका थिए । शुक्रबार पत्रकार सम्मेलन गर्दै देउवा समूहबाट रौतहटका सभापति कृष्णा यादवले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रदेश सभापतिमा प्रदेश २ मा देउवा गुटकै चार जना रामरोज यादव, महोत्तरी सभापति महेन्द्र कुमार राय, सप्तरी सभापति दिनेश यादव र रौतहट सभापति कृष्णा यादव महत्वकांक्षी रहेका थिए । तर, रामसरोज यादवले पहिला नै आफू उपसभापति निधिको समूहबाट उम्मेदवारीको घोषणा गरेपछि प्रदेश २ मा औपचारिक रूपमा देउवा र निधि गुट देखिएको छ ।

निधि गुट अलग भएपछि देउवा गुटमा रहेका तीन जना महेन्द्र कुमार राय, दिनेश यादव र कृष्णा यादवबीच कांग्रेसका पूर्वकोषाध्यक्ष चित्रलेखा यादवको रोहवरमा शुक्रवार बिहान साझा उम्मेदवार बनाउने छलफल भएको थियो । कांग्रेसका महोत्तरी सभापति महेन्द्रकुमार रायका अनुसार छलफलमा पार्टीको हाइकमाण्डले तोकिएको व्यक्ति नै सभापतिमा उम्मेदवारी दिने तीनै जनाबीच सहमति भएको छ ।

पार्टीका हाइकमाण्ड अर्थात् शेरबहादुर देउवाले प्रदेश २ को सभापतिमा कृष्णा यादवलाई उम्मेदवार बनाउने निर्णय भएको महोत्तरी सभापति रायले बताए ।

देउवा समूहले पत्रकार सम्मेलन गरी यादवलाई उम्मेदवार बनाएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा प्रदेश २ का निर्वाचन संयोजक रमेश रिमालले सभापति देउवा समूहबाट यादवलाई प्रदेश सभापतिमा साझा उम्मेदवार बनाएको बताए । ‘प्रदेश अधिवेशन सर्वसम्मत गराउने विषयमा हाम्रो छलफल जारी नै रहेको छ,’ उनले भने, ‘तर सर्वसम्मत नभए वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला समूहलाई पनि सभापति बाहेकका पद दिएर पनि हामी आफ्नो उम्मेदवारलाई जिताउँछौं ।’

पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादव, लगायतका सहभागिता रहेको थियो ।

यसैबीच, कांग्रेस प्रदेश २ को प्रतिनिधिको नाम दर्ता स्थगित भएको छ । शुक्रबारका लागि निर्धारण गरिएको मनोनयन पत्र दर्ता गर्ने काम स्थगित भएको धनुषाका रजिस्ट्रेसन संयोजक विश्वेश्वर यादवले जनाएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक कारण देखाउँदै प्रथम प्रदेश अधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता कार्य स्थगित गरिएको उनले बताए । आठ वटा जिल्ला रहेको प्रदेश २ मा हालसम्म चार वटा जिल्लाबाट मतदाता नामावली नआएका कारण मनोनयन दर्ता स्थगित गरिएको हो । महोत्तरी, सर्लाही, बारा र पर्साबाट हालसम्म मतदाताको नामावली आउन नसकेको उनले बताए । प्रदेश अधिवेशन सम्भवतः महाधिवेशनपछि हुने छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ४० बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य