के हो उच्च रक्तचाप ? कसरी घटाउने उपयोगी उपायसहित | Khabarhub Khabarhub

के हो उच्च रक्तचाप ? कसरी घटाउने उपयोगी उपायसहित


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुटुबाट रगत पम्प भएर शरीरको विभिन्न भागमा सञ्चालन हुने क्रममा रगतले रक्तनलीमा एक प्रकारको चाप पैदा गर्दछ, यसलाई नै रक्तचाप भनिन्छ ।

यदि यो चाप बढी भयो भने यसलाई उच्च रक्तचाप (हाइ ब्लड प्रेसर) र कम भयो भने न्युन रक्तचाप (लो ब्लड प्रेसर) भनिन्छ । सामान्य रक्तचाप १२०/८० भन्दा कम हुनपर्छ ।

उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ ।

कसरी कम गर्ने उच्च रक्तचाप ?
उच्च रक्तचाप कम गर्न मुख्यतः तीन विषयमा ध्यान दिनु पर्ने हुन्छ । जीवनशैली, खानपान र मानसिक व्यवस्थापन ।

क. जीवनशैली
१. रक्तचाप कम गर्न सुत्ने र उठ्ने समय सहि हुन आवश्यक छ ।
२. यस अलावा नियमित व्यायाम गर्ने, प्राणयाम गर्नु पर्दछ ।
३. व्यायामले शरीरमा रक्त प्रवाह राम्रो बनाउँछ साथै मानसिक शान्ति समेत मिल्दछ ।
४. लामो समय एकै स्थानमा नबस्ने बीचबीचमा उठेर केहिबेर हिड्ने ।
५. बिहान उठेपछि नियमित ४५ मिनेटसम्म छिटो छिटो पैदल हिड्ने ।

ख. मानसिक व्यवस्थापन
१. उच्च रक्तचाप कम गर्न मानसिकत व्यावस्थापन महत्वपुर्ण हुन्छ ।
२. मानसिक व्यावस्थापनमा आफूलाई सकेसम्म कम तनावमा राख्नु पर्दछ ।
३. एकै पटक धेरै कामको बोझ नलिने साथै मनलाई फ्रेस बनाएर राख्ने ।
४. कुनै पनि बिषयको गहिरो चिन्ता, महत्वकांक्षा र असन्तोष नलिने ।
५. आफ्नो रिसलाई काबुमा राख्ने साथैसंयमतालाई गुम्न नदिने ।

ग. खानपान
१. खानामा नुनको कम प्रयोग घटाउने, प्रसस्त पानीको सेवन गर्ने ।
२. चिल्लो, तारेको, भुटेको वा प्याकेट बन्द खानेकुरा नखाने ।
३. मैदाजन्य, मदिरा, धुमपान लगायतका खानाबाट टाढा रहने ।
४. सकेसम्म उच्च फाइबरयुक्त खानेकुरा तथा फलफूलको सेवन बढाउने ।
५. रातो मासु नखाने बरु माछा, अन्डाको सेतो भाग, सिस्नु, ग्रीन टिको सेवन गर्ने ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ५ : ४५ बजे

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौं– विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश

अझै पाएनन् किसानले दूधको भुक्तानी  

कञ्चनपुर– दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको दूधको पैसा भुक्तानी

कम्बोडियाबाट थाइल्यान्डमा युद्ध विरामको प्रस्ताव

काठमाडौं – सीमामा थाइल्यान्डसँग भएको दुई दिनको झडपपछि कम्बोडियाले युद्ध

खडेरीले रोपाे सुक्न थालेपछि किसान चिन्तित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय

बिग बोस १९ को आधिकारिक घोषणाः शोमा नयाँ ट्विस्ट र लोगो सार्वजनिक

काठमाडौं – बलिउडको चर्चित कन्ट्रोभर्सी रियालिटी शो बिग बोस को