यी हुन ७ खराब बानी, कतै तपाईंमा पनि छैन ? « Khabarhub

यी हुन ७ खराब बानी, कतै तपाईंमा पनि छैन ?


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रा केही बानीले हाम्रो स्वास्थ्यमा ठुलो प्रभाव पारिरहेको हुन्छ । कतिपय बानीको प्रभावका कारण स्वास्थ्यमा नकारात्मक असर समेत पर्ने गर्दछ । जसबारे हामीलाई हेक्का हुदैँन ।

तसर्थ हामीले राम्रो ठानेका यी बानीको समयमा सुधार गर्न नसके ठुलो स्वास्थ्य समस्या पनि आउन सक्छ ।

थाहा पाउनुहोस् ती ७ खराब बानी

१. कोरोना भाइरसको संक्रमण जोखिमका कारण हामी अत्यधिक मात्रामा एन्टी ब्याक्टेरियल ह्याण्ड सेनिटाइजरको प्रयोग गर्दै आएका छौ । तर यस्ता सामग्रीमा हुने ट्राइक्लोसिनले एन्टीबायोटिक्स प्रतिरोधी गुण पैदा गर्न सक्छ जसका कारण एन्टिबायोटिक औषधिले काम गर्न छाड्ने संभावना हुन्छ । तसर्थ हात धुन साबुनपानी कै प्रयोग गर्नु उपयुक्त हुन्छ ।

२. बारम्बार स्किन केयर प्रोडक्ट बदलिएर प्रयोग गरेमा हाम्रो त्वचामा नोक्सान पुग्ने र विभिन्न प्रकारका छाला रोग हुने जोखिम हुन्छ ।

३. हामीलाई थाहा नभएपनि सामान्य तुने चप्पल लामो समय लगाउनु हानिकारक हुन सक्छ । यस्ता चप्ललबाट कुर्कुच्चा र औलाको पाइतालाको ठाउँमा खास सपोर्ट प्राप्त हुँदैन जसका कारण मांशपेशी दुख्ने तथा सुन्निने समस्या पैदा हुने गर्दछ ।

४. कामको चापका कारणले होस् वा स्कुल कलेज जाने हतारोले हामीहरु खाना खाए लगतै दाँत ब्रस गर्दछौ । तर यसो गर्नाले दाँतको इनामेल खराब हुनुका साथै दाँत सड्ने तथा टुट्ने र बिग्रिने जोखिम हुन्छ ।

५. पर्याप्त मात्रामा नसुत्नु र रातमा अबेरसम्म जागै रहदा पनि डिप्रेसन, मोटोपन, तनाव, एसिडिटी, अपच जस्ता समस्या पैदा हुन सक्दछ ।

६. कतिपय मानिसमा मुखभित्र औँला छिराएर नङ टोकिरहने बानी हुन्छ । तर यसो गर्दा नङभित्रको फोहोर पदार्थ मुखमा पुग्दछ जसका कारण विभिन्न संक्रमण हुनसक्दछ । साथै दाँत र नङमा पनि नोक्सान पुर्‍याउँछ ।

७. सामान्य बिरामी पर्दा डाक्टरको सल्लाह बिना एन्टिबायोटिक तथा पेन किलर औषधि किनेर सेवन गर्दछौ । यसले भविष्यमा एन्टिबायोटिक औषधिले काम नगर्ने हुनसक्छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : १५ बजे

त्रिशूलीमा बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसले त्रिशूली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो

चितवन– सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि

पूर्वाधारमा बालेनका वाचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने 

काठमाडौं- झापा–५ का उम्मेदवार बालेन्द्र शाहले त्यस क्षेत्रका अधुरा योजना

काठमाडौं-५ का कांग्रेस उम्मेद्वार पौडेलको प्रतिबद्धता : मेडिकल हबदेखि डिजिटल इनोभेसन हबसम्म 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका