यी हुन ७ खराब बानी, कतै तपाईंमा पनि छैन ? | Khabarhub Khabarhub

यी हुन ७ खराब बानी, कतै तपाईंमा पनि छैन ?


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रा केही बानीले हाम्रो स्वास्थ्यमा ठुलो प्रभाव पारिरहेको हुन्छ । कतिपय बानीको प्रभावका कारण स्वास्थ्यमा नकारात्मक असर समेत पर्ने गर्दछ । जसबारे हामीलाई हेक्का हुदैँन ।

तसर्थ हामीले राम्रो ठानेका यी बानीको समयमा सुधार गर्न नसके ठुलो स्वास्थ्य समस्या पनि आउन सक्छ ।

थाहा पाउनुहोस् ती ७ खराब बानी

१. कोरोना भाइरसको संक्रमण जोखिमका कारण हामी अत्यधिक मात्रामा एन्टी ब्याक्टेरियल ह्याण्ड सेनिटाइजरको प्रयोग गर्दै आएका छौ । तर यस्ता सामग्रीमा हुने ट्राइक्लोसिनले एन्टीबायोटिक्स प्रतिरोधी गुण पैदा गर्न सक्छ जसका कारण एन्टिबायोटिक औषधिले काम गर्न छाड्ने संभावना हुन्छ । तसर्थ हात धुन साबुनपानी कै प्रयोग गर्नु उपयुक्त हुन्छ ।

२. बारम्बार स्किन केयर प्रोडक्ट बदलिएर प्रयोग गरेमा हाम्रो त्वचामा नोक्सान पुग्ने र विभिन्न प्रकारका छाला रोग हुने जोखिम हुन्छ ।

३. हामीलाई थाहा नभएपनि सामान्य तुने चप्पल लामो समय लगाउनु हानिकारक हुन सक्छ । यस्ता चप्ललबाट कुर्कुच्चा र औलाको पाइतालाको ठाउँमा खास सपोर्ट प्राप्त हुँदैन जसका कारण मांशपेशी दुख्ने तथा सुन्निने समस्या पैदा हुने गर्दछ ।

४. कामको चापका कारणले होस् वा स्कुल कलेज जाने हतारोले हामीहरु खाना खाए लगतै दाँत ब्रस गर्दछौ । तर यसो गर्नाले दाँतको इनामेल खराब हुनुका साथै दाँत सड्ने तथा टुट्ने र बिग्रिने जोखिम हुन्छ ।

५. पर्याप्त मात्रामा नसुत्नु र रातमा अबेरसम्म जागै रहदा पनि डिप्रेसन, मोटोपन, तनाव, एसिडिटी, अपच जस्ता समस्या पैदा हुन सक्दछ ।

६. कतिपय मानिसमा मुखभित्र औँला छिराएर नङ टोकिरहने बानी हुन्छ । तर यसो गर्दा नङभित्रको फोहोर पदार्थ मुखमा पुग्दछ जसका कारण विभिन्न संक्रमण हुनसक्दछ । साथै दाँत र नङमा पनि नोक्सान पुर्‍याउँछ ।

७. सामान्य बिरामी पर्दा डाक्टरको सल्लाह बिना एन्टिबायोटिक तथा पेन किलर औषधि किनेर सेवन गर्दछौ । यसले भविष्यमा एन्टिबायोटिक औषधिले काम नगर्ने हुनसक्छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : १५ बजे

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको

प्रेमी पर्खेको ‘रानीसैन’

धनगढी- प्रकृति पनि रानी जस्तै हुन्छ त ? अनि रानी

पारावत महाविहार संरक्षण समाजलाई प्राचीन सम्पदा हस्तान्तरण

काठमाडौं– राष्ट्रिय सङ्ग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीन वटा प्राचीन सम्पदा (कलाकृति)

सिरहामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

सिरहा– जिल्लाको नवराजपुर गाउँपालिका-४ कुसण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार

‘युवालाई दुर्व्यसनमुक्त बनाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता छ’

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान युवा पुस्तालाई दुर्व्यसन,