युभेन्टससँग उडिनेस ४–१ ले पराजित, रोनाल्डोले गरे दुई गोल « Khabarhub

युभेन्टससँग उडिनेस ४–१ ले पराजित, रोनाल्डोले गरे दुई गोल


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडिनेसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल गरेका थिए । उडिनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए ।

यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोले लगातार १५औ सिजनमा आफ्नो क्यारियरमा क्लब र देशका लागि गरी हरेक सिजनमा कम्तिमा २० गोल गरेका छन् ।

साथै यस सिजनको सिरि ए मा ११ खेलमा १४ गोल गरेका छन् । यो जितपछि युभेन्टसको १४ खेलमा २७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै शीर्ष स्थानमा रहेको एसी मिलान भन्दा १० अंकले पछाडि छ ।

त्यस्तै उडिनेसको भने १४ खेलमा १५ अंकसहित लिगको १३औ स्थानमा छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : ३४ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट