युभेन्टससँग उडिनेस ४–१ ले पराजित, रोनाल्डोले गरे दुई गोल « Khabarhub

युभेन्टससँग उडिनेस ४–१ ले पराजित, रोनाल्डोले गरे दुई गोल


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडिनेसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल गरेका थिए । उडिनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए ।

यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोले लगातार १५औ सिजनमा आफ्नो क्यारियरमा क्लब र देशका लागि गरी हरेक सिजनमा कम्तिमा २० गोल गरेका छन् ।

साथै यस सिजनको सिरि ए मा ११ खेलमा १४ गोल गरेका छन् । यो जितपछि युभेन्टसको १४ खेलमा २७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै शीर्ष स्थानमा रहेको एसी मिलान भन्दा १० अंकले पछाडि छ ।

त्यस्तै उडिनेसको भने १४ खेलमा १५ अंकसहित लिगको १३औ स्थानमा छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : ३४ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।