हुएस्कामाथि बार्सिलोनाको संघर्षपूर्ण जित « Khabarhub

हुएस्कामाथि बार्सिलोनाको संघर्षपूर्ण जित


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।

अंकतालिकाको पुछारमा रहेको हुएस्कामाथि बार्सिलोनाले १–०को संघर्षपूर्ण जित निकालेको हो । स्टेडियो एल अल्कोराजमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि जित दर्ता गर्न निक्कै संघर्ष गर्नुपरेको थियो ।

बार्सिलोनाको जितमा फ्रेन्की डी जोङले निर्णायक गोल गरे। उनले खेलको २७ औं मिनेटमा लियोनल मेस्सीको पासमा गोल गरेका हुन्। त्यसपछि खेलमा बार्सिलोना नै हावि भए पनि गोल गर्न नसक्दा घरेलु टोलीमाथि साँघुरो जित निकालेको हो।

जितसँगै बार्सिलोना तालिकाको २८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। त्यस्तै १२ अंक जोडेको हुएस्का तालिकाको पुछारमा छ। गएराति नै भएको अर्को खेलमा एट्लेटीको मड्रिडले एलाभेसलाई हराउँदै ३८ अंक जोड्दै शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको थियो।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ०५ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट