हुएस्कामाथि बार्सिलोनाको संघर्षपूर्ण जित « Khabarhub

हुएस्कामाथि बार्सिलोनाको संघर्षपूर्ण जित


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।

अंकतालिकाको पुछारमा रहेको हुएस्कामाथि बार्सिलोनाले १–०को संघर्षपूर्ण जित निकालेको हो । स्टेडियो एल अल्कोराजमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि जित दर्ता गर्न निक्कै संघर्ष गर्नुपरेको थियो ।

बार्सिलोनाको जितमा फ्रेन्की डी जोङले निर्णायक गोल गरे। उनले खेलको २७ औं मिनेटमा लियोनल मेस्सीको पासमा गोल गरेका हुन्। त्यसपछि खेलमा बार्सिलोना नै हावि भए पनि गोल गर्न नसक्दा घरेलु टोलीमाथि साँघुरो जित निकालेको हो।

जितसँगै बार्सिलोना तालिकाको २८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। त्यस्तै १२ अंक जोडेको हुएस्का तालिकाको पुछारमा छ। गएराति नै भएको अर्को खेलमा एट्लेटीको मड्रिडले एलाभेसलाई हराउँदै ३८ अंक जोड्दै शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको थियो।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ०५ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना