त्रिविले पाँच सय उपप्राध्यापक माग्दै, यही महिना प्रक्रिया टुंग्याइने « Khabarhub

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै, यही महिना प्रक्रिया टुंग्याइने


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ ।

विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाका अनुसार पाँच सयभन्दा बढी उपप्राध्यापक पदका लागि प्रक्रिया अगाडि बढाइएको छ । एक महिनाभित्रै यसको सबै टुङ्गो लगाइने उनले बताए । उपप्राध्यापकको खुला प्रतियोगिताको सुरुवातसँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुल्ने उनले बताए ।

विश्वविद्यालयले परीक्षा प्रणालीमा पनि आवश्यक सुधार हुँदै गएको चर्चा गर्दै उपकुलपति बाँस्कोटाले यस्तो अवस्थामा विश्वविद्यालयमा सेवा प्रवेश गर्ने प्राध्यापकको गुणस्तर, सेवा प्रवेश गर्ने माध्यम तथा प्रक्रियाबारे चनाखो हुनुपर्ने अवस्था रहेको बताए ।

कतिपय विषयमा दरबन्दी साटफेर गरेर भए पनि पदपूर्ति गरिने योजना सुनाउँदै उनले यसका लागि दरबन्दी सङ्कलनको अन्तिम चरणको काम भइरहेको बताए ।

यसका साथै विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकको दरबन्दीसमेत सङ्कलन गर्ने काम भइरहेको छ । अब विश्वविद्यालयको रिक्त दरबन्दीका आधारमा हरेक वर्ष खुला प्रतिस्पर्धाका आधारमा विज्ञापन गरिने भएको जनाइएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ३६ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक