खाडी मुलुकमा हवाइ उडान पुन: सञ्चालन « Khabarhub

खाडी मुलुकमा हवाइ उडान पुन: सञ्चालन



दोहा : नयाँ प्रजातिको कोरोना संक्रमण बढ्न सक्ने भन्दै साउदी अरब, कुवेत र ओमानले लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएर उडान पुनः सुचारू गरेको छ ।

साउदी अरबले दुई हप्तादेखि लगाएको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुन: सञ्चालन गरेको छ । नयाँ प्रजातिको कोरोना संक्रमण बढ्न सक्ने भन्दै साउदीले गत डिसेम्बर २० देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो ।

साउदीले युरोपेली देश, दक्षिण अफ्रिका लगायतका कोरोना भाइरसको नयाँ स्वरुप देखिएका देशका नागरिकलाई साउदी प्रवेश गर्नुभन्दा पहिले अन्य देशमा १४ दिन बसेर मात्र साउदी प्रवेश दिइने जनाएको छ ।

अन्य देशबाट साउदी प्रवेश गर्ने यात्रुहरुको हकमा भने पीसीआर परीक्षण रिपोर्ट र सात दिनसम्मको होम क्वरेटाइन अनिवार्य रहेको जनाएको छ । यता कुवेतले पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै लगाएको हवाइ उडान प्रतिबन्ध शनिबारदेखि हटाएको छ ।

विगत १० देखि बन्द रहेको विमानस्थल शनिबारदेखि पुन: सञ्चालन भएको छ । यद्यपि बेलायतबाट हुने सिधा उडानलाई भने अझै अनुमति दिएको छैन । अन्य देशबाट त्यहाँ पुगिसकेपछि स्वास्थ्य मन्त्रालयको मापदण अनुसार बस्नु पर्नेछ ।

यता,ओमानले पनि हवाइ उडान सुचारु गरेसँगै नेपालबाट ओमान प्रवेश गर्ने सबै नेपाली नागरिकले अनिवार्य रुपमा कोरोना नेगेटिभ देखाएको ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ ।

ओमानको नागरिक उड्ययन प्राधिकरणले ओमान प्रवेश गर्ने नेपालीहरुको लागि स्वास्थ्यसम्बन्धि मापदण्डहरु अनिवार्य पालना गर्न आग्रह गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

प्राधिकरणको स्वास्थ्य मापदण अनुसार ओमान पुगेपछि सबैले सातदिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने दूतावासले जनाएको छ । बेलायतमा नयाँ प्रजातीको कोरोना देखिएको र यसको फैलावट तीब्र रहेको भन्दै धेरै मुलुकहरुले हवाइ उडान बन्द गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : ४५ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने