बेलायतमा विद्यालय खुल्न थाले | Khabarhub Khabarhub

बेलायतमा विद्यालय खुल्न थाले


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना कहरले बन्द बेलायतका विद्यालय खुल्न थालेका छन् । भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको भए पनि बेलायतले विद्यालय सञ्चालनमा ल्याउने भएको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विद्यालय सञ्चालनका लागि समस्या नभएको भन्दै क्रिसमसपछि आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउन प्रधानमन्त्री जोनसनले आग्रह गरेका छन्।

विद्यालय खोल्ने विषयमा विगतमा जोन्सन र सत्तारूढ दलकै कतिपय नेताहरूमा विवाद उत्पन्न भएको थियो। तर पछिल्लो समय विद्यालय सञ्चालन गर्न सकिनेमा धेरैजसो सहमतिनजिक रहेका छन्। जोन्सनले एक टेलिभजिन कार्यक्रममा भने, ‘हामीले आउँदो केही हप्ताहरूमा देशको धेरै भागहरूमा कडा प्रतिबन्धात्मक नियमहरू लगाउन आवश्यक पर्न सक्छ । म सम्पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्नेमा सहमत बनेको छु।’

विद्यालयहरू लामो समयदेखि बन्द रहँदा सुन्दर भविष्यको कल्पना गरी विद्यालय जाने लाखौं विद्यार्थीको पढाइमा समस्या भएको बताउँदै जोन्सनले अभिभावकलाई भने, ‘तपाईंहरूले विद्यालयमा आफ्ना नानीबाबुहरूलाई पठाएर सहयोग गर्नुपर्छ।’

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ११ : ४५ बजे

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

लोसपा सांसदिय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रीक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट