बेलायतमा विद्यालय खुल्न थाले « Khabarhub

बेलायतमा विद्यालय खुल्न थाले


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना कहरले बन्द बेलायतका विद्यालय खुल्न थालेका छन् । भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको भए पनि बेलायतले विद्यालय सञ्चालनमा ल्याउने भएको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विद्यालय सञ्चालनका लागि समस्या नभएको भन्दै क्रिसमसपछि आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउन प्रधानमन्त्री जोनसनले आग्रह गरेका छन्।

विद्यालय खोल्ने विषयमा विगतमा जोन्सन र सत्तारूढ दलकै कतिपय नेताहरूमा विवाद उत्पन्न भएको थियो। तर पछिल्लो समय विद्यालय सञ्चालन गर्न सकिनेमा धेरैजसो सहमतिनजिक रहेका छन्। जोन्सनले एक टेलिभजिन कार्यक्रममा भने, ‘हामीले आउँदो केही हप्ताहरूमा देशको धेरै भागहरूमा कडा प्रतिबन्धात्मक नियमहरू लगाउन आवश्यक पर्न सक्छ । म सम्पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्नेमा सहमत बनेको छु।’

विद्यालयहरू लामो समयदेखि बन्द रहँदा सुन्दर भविष्यको कल्पना गरी विद्यालय जाने लाखौं विद्यार्थीको पढाइमा समस्या भएको बताउँदै जोन्सनले अभिभावकलाई भने, ‘तपाईंहरूले विद्यालयमा आफ्ना नानीबाबुहरूलाई पठाएर सहयोग गर्नुपर्छ।’

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ११ : ४५ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।