अचम्म ! बोकाले दिन थाल्यो दूध « Khabarhub

अचम्म ! बोकाले दिन थाल्यो दूध


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बोकाले दूध दिन्छ भन्ने सुन्दा जो कोहीलाई पनि पत्याउन कठिन हुन्छ । तर यो तथ्य नपत्याई सुखै छैन । घटना भने नेपालको नभएर भारतको राजस्थानस्थित धौलपुर जिल्लाको हो ।

जहाँ एक बोकोले दूध दिएपछि सबै अचम्मित बनेका छन् । अचम्म त यो छ की बोकाको दूध दोहोर मालिकले पिउने गर्छन् ।

त्यो बोको हरेक दिन दूध दिन्छ । आधा लिटर दूध दिने भएकोले परिवारका सबै दूध पिउँछन् । भारतीय सञ्चारमाध्यमका अनुसार १६ महिना पहिला राजवीर नामका एक व्यक्तिले यो अनौठो बोकालाई बजारमा भारतीय ढाई हजार रुपैयाँमा किनेका थिए ।

किनेर ल्याउँदा यो बोको भएको तर १० महिना पछि यसमा परिवर्तन देखिएको राजीव बताउँछन् । फेरी यसले दूध दिएपछि उनी हैरान भए । त्यसपछि उनले डाक्टरलाई देखाए । डाक्टरले पनि बोकाले दूध दिएको देख्दा हैरान भए । पशु चिकित्सकले भने यस्तो घटना हर्मोनका कारण हुने बताएका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ०४ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ