पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान « Khabarhub

पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्नी सीताको उपचारका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् ।

मुम्बईस्थित ‘न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्ष्टिच्युट’मा उपचारका लागि दाहाल पत्नी सीतालाई लिएर नेपाल एयरलाइन्सको बिहान ११:२० को उडानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

दाहालसँगै छोरीहरू रेणु र गंगा पनि भारत प्रस्थान गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी सीतालाई थप उपचारका लागि मुम्बई लगिएको हो ।

सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई जान लागेका हुन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १२ : ०० बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ