चिनियाँ अर्बपति ज्याक मा बेपत्ता « Khabarhub

चिनियाँ अर्बपति ज्याक मा बेपत्ता


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चिनियाँ अर्बपति ज्याक मा बेपत्ता भएका छन् ।

अलीबाबा समूहका सञ्चालक ज्याक मा दुई महिनायता बेपत्ता भएको डेलिमेलले जनाएको छ ।

गत अक्टोबरमा संघाईमा गरेको भाषणमा ज्याकले चीनका वित्तीय नियामक तथा सरकारी बैंकको चर्को आलोचना गरेका थिए । सरकारी बैंकको चर्को ब्याजले नयाँ काम सुरू गर्नेहरूलाई हतोत्साही गरेको भन्दै सरकारको तिखो आलोचना गरेका थिए ।

उनको आलोचना सरकार र चिनियाँ कम्युनिष्ट पार्टी लक्षित भएको ठान्दै चीन सरकारले ज्याकमाका व्यवसायमा त्यसयता नै प्रतिबन्ध लगाएको पनि दाबी गरिएको छ ।

गत नोभम्बरमा चिनियाँ अधिकारीहरुले ज्याकको एन्ट ग्रुपको ३७ अर्ब डलरबराबरको आईपीओ निलम्बित गरिदिएका थिए। वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार ज्याकको एन्ट ग्रुपको आईपीओ रद्द गर्ने आदेश राष्ट्रपति चिनफिङले दिएका थिए।

त्यसपछि उनी नोभेम्बरबाट सम्पर्कबिहिन भएको समाचारमा उल्लेख छ । ज्याक आफ्नो टीभी सो ‘अफ्रिका बिजनेस हिरोज’को नोभेम्बरमा सम्पन्न फाइनलअघि नै बेपत्ता भएका थिए। उक्त सोबाट उनको तस्बिरसमेत हटाइएको थियो।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : १० बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि