नजिक हुनेजति सबैलाई ‘ठुँगेर’ ओली अल्पमतमा परे : नेता भुसाल « Khabarhub

नजिक हुनेजति सबैलाई ‘ठुँगेर’ ओली अल्पमतमा परे : नेता भुसाल



नवलपुर– नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको स्थायी कमिटीदेखि केन्द्रीय समितिसम्मकालाई आफैले ठुँगेर ओली अल्पमतमा परेको आरोप लगाएका छन् ।

पूर्वी नवलपरासीको देवचुली १० दलदललेमा सोमवार प्रचण्ड– नेपाल समूहका अगुवा कार्यकर्ताको भेलामा बोल्दै नेता भुसालले ओलीको नजिकमा भएजति सबैलाई ठुँगेर नै उनी एक्लो भएको बताए ।

‘ओलीबिरुद्ध कसैले प्रश्न गरेपछि उसैलाई ठुँग्ने’, भुसालले भने, –‘सबैलाई ठुँगी ठुँगी उहाँ एक्लो हुनुभयो र सचिवालयमा एक्लो हुनुभयो । उहाँले ठुँगेर नै सचिवलायदखि केन्द्रीय समितिमा कमिटीमा उहाँ अल्पमतमा पर्नुभयो ।’

प्रधानमन्त्री ओली पार्टी विधि विधानविपरित भएर चल्न थालेकै कारण अहिलेको विवाद आएको भुसालले दाबी गरे ।

ओलीलाई बैठकमा आइदिनुस् हजुर भनेर निवेदन हाल्नुपर्ने अवस्था आएको भुसालले बताए ।

‘गएको भदौसम्म ८० दिन बैठक चल्यो होला, त्यसमा ४० दिन उहाँ (ओली)ले आउन्न भन्नुभयो, अरु कमरेडहरुले हस् भन्नुभयो’, भुसालले भने,‘हजुर बैठकमा आइदिनुस् न भनेर निवेदन हाल्नुपर्ने, उहाँलाई बैठकमा ल्याउन पनि महाभारत ।’

उनले कार्यकर्तालाई गुनासो सुनाउँदै कार्यकर्ता ताली बजाएका थिए ।

प्रचण्डको १९ पेजका प्रतिबेदनको विरुद्धमा ३८ पेजको डकुमेन्ट ल्याउने ओली आफैले फेरि १९ पेजको डकुमेन्ट फिर्ता नगरेसम्म बैठक बस्दिन अड्डी लिने कस्तो राजनीति हो, उनले कार्यकतासँग गुनासो गरे ।

नेता भुसालले अन्तिम समयसम्म पनि सुवास नेम्वाङ र प्रदीप ज्ञवालीले समेत संसद विघटन गर्ने पक्षमा नभएको भुसालले दाबी गरे । मन्त्रिपरिषदमा आफूले विरोध गरेको उनले स्मरण गरे ।

गएको बैशाखमा पार्टी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भएपछि पार्टी फुटाउन मिल्ने गरी ओलीले अध्यादेश ल्याएपछि विबाद बाहिर आएको भुसालले स्पष्ट गरे ।

‘त्यतिखेरसम्म संसदीय दलमा आफ्नो ४० प्रतिशत छ भन्ने ओलीलाई लागेका थियो,’ भुसालले भने ।

प्रचण्ड– नेपाल समूहका नेता भुसालले ओलीको बाटोमा जाने हो भने देश सत्यानाश हुने बताए । उनले विगतमा भएको बन्द हड्तालको पनि कार्यकर्तालाई स्मरण गराएका थिए ।

आन्द्रा भुँडी निकालेको बाख्राजस्तो बनाएर राम्रो सिँगारेको जनताको बहुदलीय जनवादलाई पछाडि लगेर कहिँ पनि पुग्न नसकिने भुसालको भनाइ थियो ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ५ : २९ बजे

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब

राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त

तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई