पदीय लोभकै कारण ‘दाहाल-नेपाल’समूह सडकमै पुग्नुपर्‍यो : नेता पोखरेल  « Khabarhub

पदीय लोभकै कारण ‘दाहाल-नेपाल’समूह सडकमै पुग्नुपर्‍यो : नेता पोखरेल 


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालको पदीय स्वार्थकै कारण यो अवस्था सिर्जना भएको बताएका छन् ।

चितवनमा कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले भने, ‘सत्ता स्वार्थ र पदीय लोभकै कारण यो अवस्था आएको हो, उनले पार्टी एकता भन्दा पद ठूलो मान्नुभयो ।’

दुई अध्यक्ष प्रणालीकै कारण पार्टी एकता संकटमा पुगेको पनि उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले पार्टी एकताका रक्षाका लागि पटक-पटक पहल गर्दासमेत प्रचण्ड–माधव पक्षले कुरा नसुनेको उनले आरोप लगाए । सरकारलाई काम गर्न नदिएकै कारण नयाँ जनादेशमा जान संसद विघटन गरिएको उनको स्पष्टोक्ति थियो।

प्रचण्ड–माधव पक्षलाई निर्वाचन हुँदैन भन्ने भ्रम लागेकाले त्यसबाट मुक्त हुन पनि उनले आग्रह गरे।

उनले माधवकुमार नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकोमा हान्न खोज्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा पुगेको आरोप समेत लगाए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ५ : ४२ बजे

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।