सवारी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री शाहसहित ५ घाइते « Khabarhub

सवारी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री शाहसहित ५ घाइते


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बर्दियामा सवारी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री विनोदकुमार शाहसहित पाँच जना घाइते भएका छन् ।

पूर्वजलस्रोत राज्यमन्त्री शाह सवार बा २१ च ४७४६ नम्बरको गाडी आज दिउँसो बर्दियाको बाँसगढी नगरपालिका- १, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्वराज्यमन्त्री शाहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका- २ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ । गाडी सडकदेखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ०८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले