प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणका कार्यक्रममा होमियो दाहाल-नेपाल समूह (भिडियोसहित) | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणका कार्यक्रममा होमियो दाहाल-नेपाल समूह (भिडियोसहित)


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी एकतालाई पूर्णता तथा साङ्गठनिक कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार र सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

टोलीमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र शक्तिबहादुर बस्नेत सदस्य छन ।

टोलीले प्रदेश र जिल्ला कमिटी तथा सबै जनवर्गीय सङ्गठनका पदाधिकारी र पार्टी तथा सङ्गठनको एकीकरणका काम तत्काल पूरा गर्न सुझाव दिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । टोलीलाई एक साताभित्र सुझाव दिन पनि बैठकले निर्देशन दिएको छ ।

हेरौँ भिडियो

बैठकमा प्रदेश र विभिन्न मोर्चा सङ्गठनको नेतृत्वको जिम्मेवारीमा रहेका स्थायी कमिटीका सदस्यले पार्टीको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।

बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले पहिलो चरणमा गरेको सङ्घर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको ठहर गर्दै यही पुस १८ गते घोषणा गरिएको सङ्घर्षको कार्यक्रम सफल पार्न सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष नेपालका अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असफल पारेर प्रतिनिधिसभा पुनःसञ्चालन नगर्दासम्म सङ्घर्ष जारी राख्ने र सङ्घर्षलाई हरहालतमा सफल बनाउने निर्णयसमेत गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको सङ्घर्षमा अन्य राजनीतिक दलसँग पनि छलफल गरेर अगाडि बढ्ने निर्णय गरिएको छ ।

बैठकले केन्द्रीय सङ्घर्ष समितिका अतिरिक्त प्रदेश, जिल्ला, पालिका र वडास्तरमा सङ्घर्ष समिति बनाउने र केन्द्रीय सङ्घर्ष समितिको कार्यालय गठन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजकमा स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराई, पम्फा भुसाल र गणेश साहलाई चयन गरिएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिनिधिसभा विघटनविरुद्ध रहेका सबै शक्ति एकताबद्ध भएर आन्दोलनमा जाने गरी सहमति खोज्ने प्रयास भइरहेको बताए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : ३७ बजे

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको

इटालीको भेन्टिना हिमनदी तीव्र रूपमा पग्लिँदै

रोम- इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको

विद्यालय तहको स्वास्थ्य शिक्षा पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानुकूल,