अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो : पूर्वमन्त्री भट्टराई « Khabarhub

अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो : पूर्वमन्त्री भट्टराई


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह भरतपुर महानगर कमिटीले आयोजना गरेको अगुवा पार्टी काार्यकर्ता भेलामा उनले भने, “प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्माण गर्दाको मिहिनेत र पसिना खेर गएको जस्तो छ ।”

नेता भट्टराईले प्रधानमन्त्रीले कम्युनिस्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन उनलाई आग्रह गरे ।

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले संसद् विघटन कानून विपरीत भएको बताउँदै यसलाई कानूनले नै सच्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष यमबहादुर परियार र महानगर कमिटीका सहसंयोजक ईश्वर सापकोटालगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : ५३ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा