राजनीतिमा सक्रिय हुँदै मनीषा, मंगलबार हुँदैछ विशेष कार्यक्रम ! « Khabarhub

राजनीतिमा सक्रिय हुँदै मनीषा, मंगलबार हुँदैछ विशेष कार्यक्रम !


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री मनीषा कोइराला राजनीतिमा सक्रिय हुन थालेकी छिन् ।

राजसंस्थासहितको हिन्दू राष्ट्रको माग राख्दै भइरहेको प्रदर्शनमा समेत साथ दिन आग्रह गर्दै आएकी उनीसहितको समूहले मंगलबार एउटा अभियानको घोषणा गर्ने भएको छ ।

उनले सो कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनीषा कोइराला, रमेश खरेल तथा भरत बस्नेत लगायतले हस्ताक्षर गरेका छन् ।

मनीषा आफैंले पनि ट्विट गर्दै पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रह गरेकी छिन्। ‘आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौं पृथ्वीनारायण शाहप्रति,’ उनले ट्विटरमा लेखेकी छिन्।

अभिनेत्री कोइरालाको एउटा समूहले पुस २७ गते ‘पृथ्वी जयन्ती’ मनाउने तयारी पनि गरिरहेको बुझिएको छ।

कोइराला निकट स्रोतका अनुसार उनी पछिल्लो केही दिनयता विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, लेखक, पत्रकारसँग ‘परामर्श’मा छिन ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १० : १५ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक