भारतीय प्रहरीले गोली चलाउँदा एक नेपाली घाइते « Khabarhub

भारतीय प्रहरीले गोली चलाउँदा एक नेपाली घाइते


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कञ्चनपुरस्थित नेपाल-भारत सीमाक्षेत्रमा एसएसबीले गोली चलाउँदा एक जना नेपाली घाइते भएका छन।

गोलीको छर्रा लागेर महाकाली नगरपालिका– १ का नरेन्द्र लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

दोधारा चादनी नेपाल-भारत सीमाक्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

“भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छ”, उनले भने, “भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ । विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ ।”

उनका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ । घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल लगिएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १० : २८ बजे

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर