दाहाल-नेपाल समूहको आज आमहड्ताल, अवज्ञा गर्न सरकारको आह्वान « Khabarhub

दाहाल-नेपाल समूहको आज आमहड्ताल, अवज्ञा गर्न सरकारको आह्वान

बन्द गराउँदै हिँडेका धमाधम पक्राउ, सुरक्षा व्यवस्था कडा


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको छ ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नु पर्ने मागसहित दाहाल-नेपाल समूह आमहड्तालमा उत्रिएको हो ।

आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्दको घोषणा गरिएको छ । आमहड्तालका कारण मुलुकभर यातायातका साधन फाट्फुट्ट मात्र चलेका छन् ।

लामो दूरीका सवारी साधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन भने फाट्फुट्ट मात्रै चलेको ट्राफिक प्रहरीले जनाएको छ ।

दाहाल-नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् । काठमाडौँका विभिन्न स्थानमा बिहानै यातायात अवरूद्ध पार्न खोजेपछि प्रहरीले ४० जनालाई पक्राउ गरेको छ । काठमाडौँको सामाखुसीबाट मात्रै पाँच जना पक्राउ परेका छन् ।

नेता रामप्रसाद सापकोटा ‘दिपशीखा’ का अनुसार सामाखुसीबाट मिलन तमाङ, समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई पक्राउ गरिएको छ । उनीहरूलाई तत्काल रिहा गर्न सापकोटाले माग गरेका छन् ।

आमहड्तालमा तरकारी तथा दुध बोक्ने गाडी, अस्पताल, औषधि पसल, परीक्षार्थीहरूलाई भने अवरोध नगरिने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

आमहड्ताल अवज्ञा गर्न सरकारको आह्वान

गृह मन्त्रालयले आमहड्ताललाई वेवास्ता गर्दै दैनिक क्रियाकलापलाई पूर्ववत अवस्थामै गर्न आह्वान गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा–अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने जनाएको छ ।

तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेका पाइए त्यस्ता गतिविधिमा संलग्नलाई कानून बमोजिम कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले उद्योग धन्दा, पेसा, व्यवसाय पूर्ववत् रूपमा निर्धक्क भएर सञ्चालन गर्न आग्रह गरेको छ ।

आमहड्ताललाई लक्षित गरी सरकारले मुलुकभर नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती बढाएको छ । बिहानैदेखि सडकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिती देखिएको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको हो ।

 

 

 

 

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ६ : ०१ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले