दाहाल-नेपाल समूहको आज आमहड्ताल, अवज्ञा गर्न सरकारको आह्वान « Khabarhub

दाहाल-नेपाल समूहको आज आमहड्ताल, अवज्ञा गर्न सरकारको आह्वान

बन्द गराउँदै हिँडेका धमाधम पक्राउ, सुरक्षा व्यवस्था कडा


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको छ ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नु पर्ने मागसहित दाहाल-नेपाल समूह आमहड्तालमा उत्रिएको हो ।

आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्दको घोषणा गरिएको छ । आमहड्तालका कारण मुलुकभर यातायातका साधन फाट्फुट्ट मात्र चलेका छन् ।

लामो दूरीका सवारी साधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन भने फाट्फुट्ट मात्रै चलेको ट्राफिक प्रहरीले जनाएको छ ।

दाहाल-नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् । काठमाडौँका विभिन्न स्थानमा बिहानै यातायात अवरूद्ध पार्न खोजेपछि प्रहरीले ४० जनालाई पक्राउ गरेको छ । काठमाडौँको सामाखुसीबाट मात्रै पाँच जना पक्राउ परेका छन् ।

नेता रामप्रसाद सापकोटा ‘दिपशीखा’ का अनुसार सामाखुसीबाट मिलन तमाङ, समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई पक्राउ गरिएको छ । उनीहरूलाई तत्काल रिहा गर्न सापकोटाले माग गरेका छन् ।

आमहड्तालमा तरकारी तथा दुध बोक्ने गाडी, अस्पताल, औषधि पसल, परीक्षार्थीहरूलाई भने अवरोध नगरिने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

आमहड्ताल अवज्ञा गर्न सरकारको आह्वान

गृह मन्त्रालयले आमहड्ताललाई वेवास्ता गर्दै दैनिक क्रियाकलापलाई पूर्ववत अवस्थामै गर्न आह्वान गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा–अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने जनाएको छ ।

तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेका पाइए त्यस्ता गतिविधिमा संलग्नलाई कानून बमोजिम कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले उद्योग धन्दा, पेसा, व्यवसाय पूर्ववत् रूपमा निर्धक्क भएर सञ्चालन गर्न आग्रह गरेको छ ।

आमहड्ताललाई लक्षित गरी सरकारले मुलुकभर नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती बढाएको छ । बिहानैदेखि सडकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिती देखिएको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको हो ।

 

 

 

 

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ६ : ०१ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा