नेकपा नेता डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु « Khabarhub

नेकपा नेता डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल–नेपाल समूहका सर्लाही इन्चार्ज डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु भएको छ ।

सर्लाहीको बरहथवा नयाँसडक सडकखण्डमा बुधबार राति ९ बजेतिर दुर्घटनाग्रस्त मोटरसाइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको मोटरसाइकल तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । बुधबार साँझ नेकपा (दाहाल–नेपाल) समूहले बरहथवामा मसाल जुलुसको आयोजना गरेर फर्किएका उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी उद्धवसिंह भाटले जनाएका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने वाग्लेको मृत्यु रहस्यमय भएको जनाएका छन् । उनले वाग्लेलाई श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ७ : ४५ बजे

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर