नेकपा नेता डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु « Khabarhub

नेकपा नेता डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल–नेपाल समूहका सर्लाही इन्चार्ज डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु भएको छ ।

सर्लाहीको बरहथवा नयाँसडक सडकखण्डमा बुधबार राति ९ बजेतिर दुर्घटनाग्रस्त मोटरसाइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको मोटरसाइकल तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । बुधबार साँझ नेकपा (दाहाल–नेपाल) समूहले बरहथवामा मसाल जुलुसको आयोजना गरेर फर्किएका उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी उद्धवसिंह भाटले जनाएका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने वाग्लेको मृत्यु रहस्यमय भएको जनाएका छन् । उनले वाग्लेलाई श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ७ : ४५ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर