गोंगबुमा ट्याक्सीमा आगजनी, सुमोमा तोडफोड « Khabarhub

गोंगबुमा ट्याक्सीमा आगजनी, सुमोमा तोडफोड


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका क्रममा काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमा आजगनी भएको छ ।

प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा बिहानै आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले आगजनी गर्नेहरूको खोजी भइरहेको जनाएका छन् ।

यस्तै सोही क्षेत्रमा ना १ ज ८८५९ नम्बरको सुमोमा पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

ट्याक्सीमा आगजनी र सुमोमा तोडफोड भएको क्षेत्र आसपासमा बन्द गराउँदै हिँडेका केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले अवैधानिक तवरले संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै नेकपाको दाहाल-नेपाल समूहले आज आमहड्ताल गरेको हो ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ८ : १५ बजे

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका