संक्रमण बढेसँगै खाडी मुलुकमा नयाँ नियम, कुन देशले के गरे ? « Khabarhub

संक्रमण बढेसँगै खाडी मुलुकमा नयाँ नियम, कुन देशले के गरे ?


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- खाडी मुलुकहरुले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसंगै थप प्रतिबन्धहरू लगाइएको छ । कतार, साउदी र कुवेतले संक्रमण बढेपछि थप प्रतिबन्धहरु लगाएका छन् ।

कतार सरकारले कोभिड–१९ को संक्रमण बढेसँगै थप सतर्कता अपनाउन आग्रह गरेको छ । उसले यसअघि जारी भएका कोभिड सुरक्षा सावधानीका नियमहरूलाई फेरि कार्यान्वयन गरेको छ ।

कतारमा फेरि १५ जना मात्र भेला हुन पाउने, २० प्रतिशतले घरमै बसेर काम गर्नुपर्ने, बाँकी ८० प्रतिशतले विशेष सावधानी अपनाएर अफिस तथा कम्पनीहरूमा काम गर्न पाउने लगायत नियमहरूलाई बिहिबारबाट फेरि क्यान्वयनमा ल्याएको छ ।

बुधबार साँझ दोहामा पत्रकार सम्मेलन गर्दै हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डा.अब्दुल्लातिफ अल खलले यसघि कोरोना नियन्तरणका लागि जारी गरिएको चार चरणका योजना फेरि सुरू गरिएको जनाए ।

‘पछिल्लो समयमा कोभिड संक्रमण र दैनिक अस्पताल प्रवेशमा उल्लेख्य वृद्धि भएको छ ।

पहिलो चरणमा उच्चजोखिम गतिविधिमा पूर्णप्रतिबन्ध लगाइएको छ । यस्तै दोस्रो चरणमा मध्यम जोखिम गतिविधिहरूमा पनि प्रतिबन्ध लगाइएको छ । यसले पनि संक्रमण नियन्त्रणमा नआए अन्तिम चरणसम्म फेरि पूर्ण लकडाउनको अवस्थामा पुगिनेसम्मका योजना कतारले अवलम्बन गरेको छ ।

कतारले आगामी ३१ मेसम्म क्वारेन्टाइनका लागि मात्रै होटलहरू बुक गर्न पाइने जनाएको छ ।

संक्रमण बढेपछि साउदीले २० देशका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । साउदीले कोभिड संक्रमण फेरि बढ्न थालेपछि साउदी यस्तो निर्णय गरेको हो ।

साउदीले ३ फेब्रवरी देखि अनिश्चितकाललाई अर्जेन्टिना, जर्मनी, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, आयरल्यान्ड, इटली, पाकिस्तान, ब्राजिल, पोर्चगल, बेलायत, टर्की, दक्षिण अफ्रिका, स्वीडेन, स्विट्जरल्याण्ड, फ्रान्स, लेबनान, इजिप्ट, भारत र जापानका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ।

साउदीले यसघि नै जल, स्थल र हवाइ यातायातमा लगाएको प्रतिबन्ध थप गरी आगामी मई १७ तारिखपछि मात्र खुल्ला गर्ने जनाएको छ ।

यता, कुवेतले पनि कोरोना संक्रमण बढेसंगै कुवेती नागरिक बाहेक अन्य मुलुकका नागरिकलाई २ हप्तासम्मका लागि कुवेत प्रवेशमा रोक लगाएको छ ।

उसले आगामी साताबाट जिम र सैलुन पनि बन्द गर्ने जनाएको छ । रेस्टुरेन्टहरू बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खोल्न पाइने छ । व्यावसायिक मलहरु बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय भएको कुवेतको मन्त्रीपरिषदलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

खाडीस्थित नेपाली दूतावासहरुले पनि त्यहाँको सरकारले अवलम्बन गरेबमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण परिपालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

साथै कोभिड-१९ संक्रमणविरुद्ध अपनाउदैँ आएका निरोधात्मक उपायहरू जस्तै सामाजिक दूरी कायम गर्ने, सामाजिक जमघट, भिडभाड आदिबाट टाढै रहने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, मास्क एवं स्यानिटाइजरको नियमित प्रयोग गर्नेलगायतका कार्यहरू नियमित एवं अझ प्रभावकारी रूपमा पालना गर्न समेत दूतावासहरुले अनुरोध गरेका छन् ।

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ८ : ५० बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी