आम हड्ताल : चलेका छैनन् सार्वजनिक सवारी, बन्द गराउँदै हिँड्ने पक्राउ (फोटो फिचर) « Khabarhub

आम हड्ताल : चलेका छैनन् सार्वजनिक सवारी, बन्द गराउँदै हिँड्ने पक्राउ (फोटो फिचर)


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहले घोषणा गरेको आम हड्तालको कारण बिहानैदेखि काठमाडौं उपत्यकाभित्र बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

काठमाडौं उपत्यकालाई विषेश राखेर सुरक्षा व्यवस्था मिलाइएको छ। लामो समयपछि ठूलो राजनीतिक दलले यसरी बन्दको घोषणा गरेकाले सुरक्षा रणनीति पनि त्यही अनुसार तयार पारिएको छ।

शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई केही नगर्ने तर तोडफोड, आगजनी अवरोध गरे तत्कालै नियन्त्रणमा लिने सुरक्षाा रणनीति देखिएको छ। आज प्रहरीले क्विक रेस्पोन्स टिम बनाएको छ। साविकको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

बिहानैदेखि सार्वजनिक सवारी साधनन चलेका छैनन्। मानिस हिँडेर नै गन्तब्यतिर लागेका देखिन्छन्। ठाउँ ठाउँमा प्रर्दशनकारी भेला भएर नाराबाजी गरेका छन्। मानिस भेला भएर शान्तिपूर्ण नाराबाजी गर्नेलाई प्रहरीले निगरानी गरेको छ भने बन्द आह्वान गर्दै हिँड्ने पक्राउ परेका छन् ।

तस्वीरमा हेर्नुहोस् नेकपा प्रचण्ड-माधव समुहले घोषणा गरेको आम हड्तालको दृश्य

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १० : ०८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल