सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्दत छ : विवेकशील साझा « Khabarhub

सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्दत छ : विवेकशील साझा


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीले सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्दत रहेको आरोप लगाएको छ ।

विवेकशील साझाले आज एक विज्ञप्ति जारी गर्दै संसद विघटन गरी मुलुकलाई ठूलो अस्थिरतातर्फ धकेलेको ओली सरकारले सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा गरेको संवैधानिक आयोगहरुमा पदाधिकारीको नियुक्ति तथा शपथले संविधानमाथि अर्को घातक प्रहार गरेको आरोप लगाएको हो ।

विवेकशील साझाले सरकारको प्रतिकार गर्ने नाममा बन्द गरेर नागरिकलाई दुःख दिने काम नगर्न सबै पक्षलाई आग्रह गरेको छ ।

‘प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृित्तको समर्थन गर्नु आफू र आफ्ना सन्ततिको भविष्यमाथि आफै बन्चरो प्रहार गर्नु हो’, विज्ञप्तिमा भनिएको छ,’सरकारको प्रतिकार गर्ने नाममा नागरिकलाइ दुःख दिने र अर्थतन्त्रमा आघात पुग्ने बन्द, आमहड्ताल जस्ता कार्य नगर्न सबै पक्षलाई आग्रह गर्दछ । एउटा कुकर्मको सुधार अर्को कुकर्मबाट हुन सक्दैन ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १० : २३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय