सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्दत छ : विवेकशील साझा « Khabarhub

सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्दत छ : विवेकशील साझा


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीले सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्दत रहेको आरोप लगाएको छ ।

विवेकशील साझाले आज एक विज्ञप्ति जारी गर्दै संसद विघटन गरी मुलुकलाई ठूलो अस्थिरतातर्फ धकेलेको ओली सरकारले सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा गरेको संवैधानिक आयोगहरुमा पदाधिकारीको नियुक्ति तथा शपथले संविधानमाथि अर्को घातक प्रहार गरेको आरोप लगाएको हो ।

विवेकशील साझाले सरकारको प्रतिकार गर्ने नाममा बन्द गरेर नागरिकलाई दुःख दिने काम नगर्न सबै पक्षलाई आग्रह गरेको छ ।

‘प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृित्तको समर्थन गर्नु आफू र आफ्ना सन्ततिको भविष्यमाथि आफै बन्चरो प्रहार गर्नु हो’, विज्ञप्तिमा भनिएको छ,’सरकारको प्रतिकार गर्ने नाममा नागरिकलाइ दुःख दिने र अर्थतन्त्रमा आघात पुग्ने बन्द, आमहड्ताल जस्ता कार्य नगर्न सबै पक्षलाई आग्रह गर्दछ । एउटा कुकर्मको सुधार अर्को कुकर्मबाट हुन सक्दैन ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १० : २३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था