फागुनमा हुने संयुक्त आन्दोलनले ओलीलाई बढार्छ : प्रचण्ड « Khabarhub

फागुनमा हुने संयुक्त आन्दोलनले ओलीलाई बढार्छ : प्रचण्ड



काठमाडौँ- नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन थाल्ने घोषणा गरेका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा भएको आमहड्तालमा सहभागी भएका दाहालले कोटेश्वरमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले फागुन पहिलो साताबाट हुने संयुक्त आन्दोलनले लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्ने चेतावनी पनि  दिए ।

‘मेरो नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजलाई आग्रह छ, अब सबै मिलौँ,’ दाहालले भने । संयुक्त आन्दोलनका लागि लगभग कुरा मिलेको संकेत गरेका दाहालले भने, ‘हामी सम्भवत फागुन पहिलो हप्तादेखि संयुक्त आन्दोलन गर्छौँ र यसले केपीलाई बढार्छ ।’

आमहड्ताललाई ‘बाध्यता’को रूपमा अर्थ्याएका दाहालले बलमिच्याई गरेर सरकारले संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले जनतालाई जानकारी दिन सडकमा आउनु परेको प्रष्ट्याए ।

‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिलेकाँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’

‘ओलीको आन्दोलन पञ्च र्‍याली‘

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आन्दोलनलाई दाहालले पञ्च र्‍यालीको संज्ञा दिएका छन् ।

सरकार नै सडकमा उत्रिएको कँही कतै नदेखिएको टिप्पणी गर्दै दहालले भने, ‘हामीले गरेको जनआन्दोलन हो र ओलीले गरेको पञ्च र्‍याली हो । यो केपी ओलीसँगको जुहारी हैन । यो संविधन मिचिएकाले हामी सडकमा उत्रिएका हौँ,’ दाहालले भने ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ९ : २९ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा