बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने « Khabarhub

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा नगरपालिका–१४ धाप्लाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ ।  

यस सडकले उदयपुरको पुरानो बजार बेल्टार क्षेत्रलाई खोटाङ जिल्लासँग सिधा सडक सञ्जालमा जोड्नुका साथै स्थानीय व्यापार, पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । 

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । बेल्टार बसाहा उद्योग वाणिज्य संघले संघीय सांसद पारसमणि गेलालमार्फत उक्त सडक निर्माणको माग अघि सारेको थियो । 

सोही मागका आधारमा सडक निर्माण प्रक्रिया अगाडि बढाइएको सांसद गेलालले बताए । 

सडक निर्माणको तयारीका क्रममा संघीय सांसद पारसमणि गेलालसहित पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय, इटहरी, सुनसरीका प्रमुख प्रकाश चौधरी, सूचना अधिकारी धिर फडेरा र इन्जिनियर दीपेन्द्रकुमार शाह, उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द थापा, महासचिव अनिल पौडेल, चौदण्डीगढी नगरपालिकाका पूर्व नगर प्रमुख खगेन्द्र राई लगायतको टोलीले सडकको स्थलगत अवलोकन गरेको छ । 

स्थलगत अवलोकनका क्रममा संघीय सांसद गेलालले यस सडकले उदयपुरको पुरानो बजार क्षेत्रलाई खोटाङसँग सिधा यातायात सञ्जालमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय, इटहरीका प्रमुख प्रकाश चौधरीले सडक निर्माणलाई अगाडि बढाउन आवश्यक प्रक्रिया अघि बढाइने बताए । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने तथा ठेक्का प्रक्रिया अगाडि बढाउने काम हुने उनले बताए । 

सडकलाई बहुवर्षीय योजनामा रूपान्तरण गरी निर्माण कार्यलाई निरन्तरता दिने तयारी गरिएको आयोजना कार्यालयले जनाएको छ । 

सडक कालोपत्रे भएपछि बिरेन्द्रबजार हुँदै धाप्लाङसम्मको यातायात सहज हुने र उदयपुर तथा खोटाङबीचको आवागमनमा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  २ : ४८ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई