दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित « Khabarhub

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई तिर्नुपर्ने बक्यौता रकम घटेर करिब ३ करोड रुपैयाँ मात्र बाँकी रहेको जनाएको छ । 

कुनै समय करिब ३५ करोड रुपैयाँ सम्म कृषकको दुधको बक्यौता रहेकोमा दुध तथा दूधजन्य पदार्थको विक्री बढ्दै गएपछि बक्यौता रकम घटेको विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ । 

१५/१५ दिनमा दूध कृषकहरूलाई किस्ता रकम बुझाउँदै आएको विराटनगर दुग्ध वितरण आयोजनाले अहिले साउन र भाद्र महिनाको किस्ताको रकम तिर्नुपर्ने स्थिति रहेको र बाकी रनिङ बील मात्र बाँकी रहेको निमित्त आयोजना प्रमुख नविन किशोर शर्माले जानकारी दिए । 

उनले अहिले दूध तथा दुग्धजन्य पदार्थको विक्री ५० प्रतिशत सम्म बढेको र घिउको मौज्दात ५ मेट्रिक टन मात्र रहेको बताए  । 

पूर्वका कृषकहरूबाट दैनिक करिब १० हजार ५ सय लिटर दूध संकलन गरिरहेको र करिब ५ हजार लिटर बराबरको दूध र दुग्धजन्य पदार्थ विक्री गरिरहेको विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ । 

कार्तिक महिना देखि दूध संकलन बढेर दैनिक करिब १५ हजार लिटर सम्म पुग्ने र दैनिक खपत हुने दूध तथा दूधजन्य पदार्थ बाहेकको करिब १० हजार लिटर दूधको पाउडर दूध बनाउने तयारी रहेको विराटनगर दुग्ध वितरण आयोजनाले जानकारी दिएको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  २ : ३६ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई