कञ्चनपुरमा गुडिरहेको गाडीमा ढुङ्गा प्रहार « Khabarhub

कञ्चनपुरमा गुडिरहेको गाडीमा ढुङ्गा प्रहार


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ ।

काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।

बसका रहेका यात्रु भने सकुसल रहेको उहाँले जानकारी दिनुभयो । ‘ढुङ्गा प्रहार गर्नेको पहिचान भएको छैन’, उनले भने, ‘खोजी कार्य जारी राखेका छौँ ।’

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–प्रचण्ड समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारी साधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्‍याउने कार्य गरिरहेको छ ।

बजार क्षेत्रलगायत पूर्वपश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १ : १५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

न्यु जर्सी – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६