झापामा बन्दको प्रभाव : एक गाडीमा तोडफोड « Khabarhub

झापामा बन्दको प्रभाव : एक गाडीमा तोडफोड


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको नेपाल बन्दको प्रभाव झापामा पनि देखिएको छ ।

बजार पसल खुले पनि सवारी साधनहरु न्युन मात्रामा चलेका छन् । यसै क्रममा बन्दकर्ताहरुले झापाको विर्तामोडमा एक सवारी साधनमा तोडफोड गरेका छन् ।

मे.१ च १९४२ नम्बरको कारमा तोडफोड गरिएको हो । बन्दको अवज्ञा गरेको र रोकेर सम्झाउन खोज्दा गाडी थप अघि बढाएको बन्दकर्ताहरुको आरोप छ ।

सो क्रममा स्थानीय विद्यार्थी नेता मदन भट्टराईलाई सामान्य चोट लागेको जनाईएको छ ।

ओलीको गृहनगरमा आंशिक प्रभाव

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा पनि बन्दको आंशिक प्रभाव देखिएको छ । बजार पसल धेरैजसो खुलेका छन् भने केहि पसलहरु बन्द समेत देखिए ।

अपरान्ह केही समय बन्दकर्ताहरु गणतन्त्र चोकमा भेला भएका थिए भने बन्दकर्ता भन्दा ठुलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको थियो ।

दमकमा स्थानीय सरकार अन्तर्गतका कार्यालयहरु खुल्ला रहे पनि कतिपय बैक तथा वित्तिय संस्थाहरु बन्द रहे । लामो तथा छोटो दुरीका सवारी साधनहरु नचल्दा सडक भने सुनसान देखिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ३ : २२ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी