सरकारले द्वन्द्व निम्त्याउन खोज्यो : श्रेष्ठ « Khabarhub

सरकारले द्वन्द्व निम्त्याउन खोज्यो : श्रेष्ठ


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आन्दोलनमा उत्रिएका नेता–कार्यकर्तालाई पक्राउ गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार आमहड्तालका क्रममा रत्नपार्कमा पुगेका श्रेष्ठले आफुहरुको आन्दोलन शान्तिपूर्ण नै भएको र केही छिटफुट घटनाको छानविन आफै गर्ने पनि बताए । उनले पार्टीका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका नेतालाई पक्राउ गरेकाले यसबाट हुने परिणामको जिम्मेवार स्वयं सरकार हुने चेतावनी दिए ।

आमहड्तालको कार्यक्रम राख्दा दुःख लागेपछि जनताको अधिकार नै धरापमा पर्न लागेपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उनको भनाइ छ । लोकतन्त्र र संविधानको रक्षा गर्न आमजनताको समर्थन आन्दोलनमा रहेको नेता श्रेष्ठले बताए ।

लोकतन्त्र र संविधानलाई सरकारले वेवास्ता गरेकाले सरकारले नै आन्दोलन गर्न बाध्य बनाएको उनको तर्क छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ३ : ४५ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण