भोलि हुने नेकपा ओली समूहको सभालाई प्रधानमन्त्री र गृहमन्त्रीले सम्बोधन गर्ने « Khabarhub

भोलि हुने नेकपा ओली समूहको सभालाई प्रधानमन्त्री र गृहमन्त्रीले सम्बोधन गर्ने

सभाको तयारीस्वरुप युवाले गरे काठमाडौंमा मार्चपास


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।

नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताए ।

सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने छन् ।

सभा हुनुभन्दा अगाडि काठमाडौं उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ ।

जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको कमिटीका अध्यक्ष पोखरेलले जानकारी दिए ।

सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । सभा सम्पन्न गर्न जिल्ला, पालिका र वडास्तरीय परिचालन कमिटी गठन गरिएको छ । प्रदेश कमिटीले सभाको तयारीस्वरुप हिजो बुधवार काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍याली गरेको थियो ।

सभाको तयारीस्वरुप मार्चपास

जनसभाको तयारीस्वरुप ओली पक्षका युवा–विद्यार्थीले काठमाडौंमा मार्चपास गरेका छन्। नेपाल बन्द र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीका लागि स्वयमसेवकहरुले मार्चपास गरेका हुन् ।

युवा नेता महेश बस्नेतको नेतृत्वमा भएको मार्चपासमा रातो रंगको टोपी लगाएका सयौं स्यवमं सेवक उपस्थित थिए।

नेता बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास सुरु गरेको हो। राजधानीका विभिन्न्न स्थानबाट आएका स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास सुरु गरेका हुन्।

मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै कमलादीसम्म पुगेको हो ।

यसअघि बैठकमात्र बस्ने भनिएकोमा आकस्मिक निर्णयअनुसार हिंसात्मक घटनाको विरुद्ध मार्चपास गर्ने निर्णय ओली समूहले गरेको हो।

मार्चपासमा निस्किएका युवा विद्यार्थीले ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई, नेपाली जनता के भन्छ, केपी ओली ले भन्छ, अघि बढ केपी बा, ज्यान दिन तयार छ’ जस्ता नारा लगाएका छन्।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ४ : २९ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था